
काठमाडौं । कांग्रेस छाडेर नेपाली कांग्रेस बीपी गठन गरेका नोतहरु पुन ः कांग्रेसमा फर्किएका छन् । नेपाली का.ग्रेसका सभपाति शेरबहादुर देउवाको निवासमा आज कांग्रेस बीपीका सस्थापक सभापति हरिबोल भट्टराईसहितका नेताहरु कांग्रेस फर्कनु भएको हो । पछिल्लो समय भट्टराईलाई सर्वोच्च नेताको रुपमा राखिएको थियो ।
कांग्रेस फर्कनेमा सस्थापक महामन्त्री पुष्पराज पराजुली,वरिष्ठ उपसभापति गोविन्द शर्मा पौडेल, उपसभापति विष्णुप्रसाद ढकाल, उपसभापति गोविन्द परियार, उपसभापतिभरतराज शर्मा, महामन्त्री भक्तराज भूषाल, सहमहामन्त्री ऋशव भट्टराई,प्रवक्ता शिव प्रसाद सिंखडा, केन्द्रीय सदस्य यम बहादुर घले, केन्द्रीय सदस्य अञ्जान लामा र केन्द्रीय सदस्य केशव भट्टराई रहनु भएको छ ।
उहाँहरुलाई सभपाति देउवाले खादा लगाएर कांग्रेसमा स्वागत गर्नुभएको थियो । नेपाली कांग्रेस -बीपी_ नामक दलको स्थापना विसं २०७२ भदौ २४ मा भएको हो । नेपाली कांग्रेसले बाटो बिराएको भन्दै जननायक बीपीको आदर्शप्रति निष्ठावान कांग्रेसजनहरु मिलेर सो पार्टी गठन गरेका थिए । तर पछिल्लो समय उक्त पार्टीले कुनै गति लिन नसकेको भन्दै सो पार्टी गठन गरेका संस्थापक नेताहरु नै कांग्रेसमा फर्किएका छन् ।
कांग्रेसमा फर्कनु भएका नेताहरुलाई सम्मानकासाथ उचित स्थान दिने प्रतिवद्धता सभापति देउवाले जनाउनु भएको देउवाको सचिवालयले जनाएको छ ।