Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

१९ बर्ष कैद भुक्तान गर्न बाँकी फरार प्रतिवादी २४ वर्षपछि पक्राउ

नुवाकोट पुकार २४ पुष २०८१, बुधबार १८:३७

विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले १९ बर्ष कैद भुक्तान गर्न बाँकी रहेको कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जना प्रतिवादी २४ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तिलक भारतीले दिनुभएको जानकारी अनुसार नुवाकोट जिल्लाको साविक गोस्र्याङ गाविस वडा नं ३ काभ्रेगाँउ बस्ने माईला भन्ने छेप्पा तामाङलाई सम्मानित उच्च अदालत पाटनको २०५७ माघ ९ गतेको फैसला बमोजिम २० बर्ष जन्म कैद भएको थियो । तर उनी फरार रहेका थिए । उनको खाजी गरिरहेको प्रहरीले २४ वर्षपछि पक्राउ गन सफल भएको छ ।

प्रहरीका अनुसार प्रहरी चौकी दानसिंह नुवाकोटबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले पुस २४ गते बिहान ७ बजेको समयमा तारकेश्वर गाउँपालिका वडा नं ५ लिग्लेनीमा लुकीछिपी बसेको अवस्थामा फेला पारेको थियो । उनको खोजी गर्ने क्रममा प्रहरीले सोही स्थानबाट पक्राउ गरि कैद भुक्तानका लागि अदालतको आदेशमा कारागार चलान गरेको छ । अदालतको आदेश अनुसार उनले १९ बर्ष कैद भुक्तान गर्नुपर्ने देखिएको छ ।

घटना विवरण अनुसार २०५५ साल वैशाख २० गते नुवाकोटको कल्याणपुर गाविसं वडा नं ७ देउडी सुकुम्बासी बस्ने बर्ष ५३ को लक्ष्मण तामाङलाई कर्तव्य गरी मार्ने कार्यमा संलग्न रहेको आरोपमा उनलाई कैद सजाय तोकिएको थियो ।

Continue Reading

Previous: चीनबाट ल्याइएको ३० देखि ५० करोड पर्ने अवैध भेप बरामद
Next: विपिनको रिहाइका लागि पहल गरिदिन इजरायली सरकारलाई परराष्ट्रमन्त्रीको आग्रह

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार