
काठमाडौँ, माघ २ गते । प्रहरीले आफूलाई सामाजिक अभियान्ता बताउने आशिका तामाङलाई पक्राउ गरेको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका अनुसार सुरक्षाकर्मीमाथि अभद्र व्यवहार गरेको मुद्दामा तामाङ पक्राउ परेका हुन् ।
उहाँले तामाङलाई पक्राउ गरी प्रहरी वृत्त गौशालामा राखिएको जानकारी दिनुभयो । तामाङले आफूलाई सामाजिक अभियान्ताको रुपमा चिनाउँदै आएकी छिन् ।