
काठमाडौँ, बाम राजनीतिक दलहरुबीच बनेको समाजवादी मोर्चाले माघ १६ गते काठमाडौंमा खबरदारी सभा गर्ने निर्णय गरेको छ। बुधबार नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको समाजवादी मोर्चाको बैठकले आगामी माघ १६ गते काठमाडौंकेन्द्रित कार्यक्रम गर्ने निर्णय गरेको हो।
बैठकपछि नेकपाका नेता खड्गबहादुर विश्वकर्माले बैठकमा समाजवादी मोर्चाको आठौँदेखि नवौँ बैठकको बिचको गम्भीर समीक्षा भएको र माघ १६ गते खबरदारी सभाको आयोजना गर्ने निर्णय गरिएकोजानकारी दिनुभयो। यस्तै बैठकले मोर्चाका कामको समीक्षा गरेको छ।बैठक पछि विश्वकर्माले भन्नुभयो,समाजवादी मोर्चाको गठन, यसले कार्यक्रम लञ्चिङ गरेर देशैभर ठूलो ह्वीम क्रिएट भएको थियो।
कम्युनिस्ट क्रान्तिकारी, देशभक्तमा र आम जनतामा उत्साह पनि पैदा भएको थियो। त्यसको सशक्त रुपमा आओस् भन्ने थियो। हाम्रा पार्टीका आन्तरिक कामका कारणले समाजवादी मोर्चाको कार्यक्रम अघि बढाउने सन्दर्भमा हाम्रो गति थोरै धिमा भयो।आगामी दिनमा त्यो दोहोरिन नदिने प्रतिबद्धता छ। आगामी माघ १६ गते काठमाडौँमा एउटा भव्य समाजवादी मोर्चाको तर्फबाट कार्यक्रम गर्ने निर्णय भएको छ।’उहाँले बैठकबाट समाजवादी मोर्चाका आगामी कार्यक्रमका योजना मुख्य नेतालाई बुझाउने निर्णय भएको बताउनुभयो।