Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन दूतावासको आग्रह

नुवाकोट पुकार ७ माघ २०८१, सोमबार ०९:५८

काठमाडौँ।कुवेतस्थित नेपाली दूतावासले सरकारले ल्याएको सामाजिक सुरक्षा अवधारणामा सहभागी हुन नेपाली श्रमिकलाई आग्रह गरेको छ ।

वित्तीय सचेतना, विप्रेषण तथा सामाजिक सुरक्षा कोषलगायत महत्वपूर्ण विषयहरुमा सचेतना अभिवृद्धिका लागि कुवेतस्थित वित्तीय संस्था तथा मनि ट्रान्सफर एजेन्सीको भूमिका सम्बन्धमा ‘वित्तीय सचेतना तथा सुरक्षित विप्रेषण आप्रवाह’ विषयक अन्तरक्रिया कार्यक्रम गरी सो आग्रह गरेको हो ।

कार्यक्रममा कुवेतका गैरआवासीय नेपाली सङ्घ, नेपाल पत्रकार महासङ्घ वैदेशिक शाखाका प्रतिनिधि र नेपालमा पैसा पठाउने कुवेतस्थित अधिकांश वित्तीय क्षेत्रका सङ्घसंस्थामा कार्यरत नेपाली प्रतिनिधिको सहभागिता रहेको दूतावासले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै राजदूत घनश्याम लम्सालले कुवेतमा कार्यरत नेपाली श्रमिकलाई वित्तीय सचेतनाका बारेमा जानकारी दिन आवश्यक रहेको बताउनुभयो । वित्तीय सचेतना र सामाजिक सुरक्षा कार्यक्रमको महत्वका बारेमा नेपाली श्रमिकलाई सरल तरिकाले बुझाएर उक्त कार्यक्रममा समेट्नुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रमका सहभागीले वित्तीय सचेतना, नेपालमा विप्रेषण पठाउने तरिका यसको प्रवृत्ति र सम्भावनाहरु तथा सामाजिक सुरक्षा कोषलाई अझ प्रभावकारी बनाउन र श्रमिकको सहभागिता वृद्धि गर्ने सम्बन्धमा आ–आफ्ना धारणाहरु राखेका थिए । सहभागीले वित्तीय सचेतनाको विषयमा राजदूतावासबाट सम्बोधन भएकामा राजदूतावासलाई धन्यवाद दिएका थिए ।

उक्त कार्यक्रममा कुवेतको वित्तीय क्षेत्रमा कार्यरत नेपाली प्रतिनिधि तथा राजदूतावासका अन्य कूटनीतिक कर्मचारीहरुको उपस्थिति रहेको थियो ।अनलाइन रेडियो नेपाल

Continue Reading

Previous: ‘जनतालाई १८ घण्टा अध्यारोमा राखेर दिइएको विद्युतको महशुल तिर्नुपर्छ’ कुलमान घिसिङ
Next: मुलुककै अब्बल बैंकका रुपमा कृषि विकास बैंक स्थापित:  अर्थमन्त्री पौडेल

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार