Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

अमेरिकी राष्ट्रपति ट्रम्पले आजदेखि कार्यभार सम्हाल्दै

नुवाकोट पुकार ७ माघ २०८१, सोमबार ११:४६

अमेरिका। विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र अमेरिकाको ४७ औँ राष्ट्रपतिमा डोनाल्ड जे। ट्रम्प नियुक्त हुनुभएको छ । राष्ट्रपतिको शपथ ग्रहणसँगै ट्रम्पले सोमवार अपराह्नदेखि राष्ट्रपतिको पदभार ग्रहण गर्नुभएको हो । गत नोभेम्बर ६ मा राष्ट्रपतिमा निर्वाचित ट्रम्पले करिब साढे दुई महिनापछि सोमवार पदभार ग्रहण गर्नुभएको हो । यो क्षणलाई ट्रम्पले ‘अमेरिकाको मुक्तिको दिन’ भन्नुभएको छ ।

७८ वर्षीय ट्रम्पको यो दोस्रो कार्यकाल हो । यस अघि उहाँ अमेरिकाको ४५ औँ राष्ट्रपति हुनुहुन्थ्यो । सत्ता च्युत भएको ठिक आठ वर्षपछि ट्रम्पको पुनरागमनलाई विश्वभरबाट बडो कौतुहलताका साथ हेरिएको छ भने अमेरिकामा वर्षौँदेखि गैर कानुनी तवरले लुकिछिपी रहेका आप्रवासीहरूको भने सातो गएको छ ।

ट्रम्पले राष्ट्रपतिको पदभार सम्हाले सँगसँगै अमेरिकाका वर्तमान राष्ट्रपति जो वाइडेन ह्वाइट हाउसबाट बिदाइ भएर जानुहुनेछ । बाहिरिनु भएको छ । वाइडेन र ट्रम्पबिच शान्तिपूर्ण तवरले सत्ता हस्तान्तरण प्रक्रिया सम्पन्न भएको छ ।

शपथ ग्रहण समारोहका कार्यक्रमहरू शनिवारदेखि नै सुरु भएको थियो र मङ्गलवार सम्पन्न हुनेछ । त्यसपछि राष्ट्रपति ट्रम्पले राष्ट्रपति कार्यकक्षमा राष्ट्रपतिको हैसियतले केही महत्त्वपूर्ण नियुक्ति, सीमा र अध्यागमनलाई सम्बोधन गर्न केही कार्यकारी आदेश र केही महत्त्वपूर्ण कागजातमा हस्ताक्षर हुने जनाइएको छ ।

ट्रम्पले सोही दिन करिब सय वटा कार्यकारी आदेशमा हस्ताक्षर गर्नुहुनेछ । पहिलो दिन ट्रम्पले जनवरी ६, २०२१ मा क्यापिटल हिलमा आक्रमण गर्ने सबै मानिसलाई आममाफी दिने बताइएको छ । त्यसै गरी पहिलो दिन नै उहाँले अवैधानिक तवरले अमेरिकामा बसोबास गर्दै आएका विशाल जनसमूहलाई देश निकाला गर्न सक्ने आदेश दिनुहुने पनि बताइएको छ ।

त्यस्तै दक्षिणी सीमामा पर्खालको निर्माण, खनिज पदार्थको उत्खनन, क्यानडा र मेक्सिकोबाट अमेरिका भित्रिने सामानमा २५ प्रतिशत कर र चिनिया सामानमा ३५ प्रतिशतसम्म कर लगाउने निर्णय पनि गर्नुहुने बताइएको छ ।अनलाइन रेडियो नेपाल

Continue Reading

Previous: मुलुककै अब्बल बैंकका रुपमा कृषि विकास बैंक स्थापित:  अर्थमन्त्री पौडेल
Next: सुनको मुल्य आज तोलामा १ हजार घट्यो

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार