
काठमाडौं । नेकपा एमालेले डा. भीम रावललाई पार्टीबाट कारबाही गरेपछि एमाले छाड्ने लर्को सुरु भएको छ । यसैक्रममा सुदूर एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरुले रावललाई समर्थन गर्दै सुदूरपश्चिमका ५९ जना कार्यकर्ताले पार्टी छाडेका छन् । ५९ जना नेता–कार्यकर्ताले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन गर्ने घोषणा गरेका हुन् ।
उनीहरूले एक प्रेस विज्ञप्ति जारी गर्दै रावललाई एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा पार्टीबाट गरिएको निष्कासन स्वेच्छाचारी, निरङ्कुश र तानाशाही निर्णयको विरोध र भर्त्सना गर्दै अभियानमा लाग्न समेत आह्वान गरेका छन् ।
परित्याग गर्नेहरूमा एमालेको केन्द्रीय पर्यटन विभागका सदस्य रमेश बहादुर कुँवर,सुदूरपश्चिम प्रदेश कमिटी सदस्यहरू चक्र रावल, जंग विक, केशर मियाँ, निर्मला रावल, दुधकला विष्ट लगायत छन्।पार्टी हितविपरित कार्य गरेको भन्दै एमालेले रावललाई संगठित सदस्य समेत नरहने गरि पार्टीबाट हटाएको थियो ।त्यसको प्रभाव अनय क्षेत्रमा नपरेपनि ससुदुरपश्चिममा भने राम्रै पर्ने देखिएको छ ।