
राजधानीको सभालाई सम्बोधन गर्दै कांग्रेस नेता अर्जुननरसिंह केसी
काठमाडौं । नेपाली कांग्रेस क्षेत्र नं २ का उम्मेदवार अर्जुननरसिंह केसीले सिमलीको रुखले सितल नदिने भन्दै सितलका लागि पिपलको रुखको छहारी नै चाहिने बताउनु भएको छ । बाम लोकतान्त्रिक गठबन्धन नुवाकोट क्षेत्र नं २ ले राजधानीमा आयोजना गरेको क्षेत्रीय सभालाई सम्बोधन गर्दै नेता केसीले यस्तो बताउनु भएको हो ।
उहाले केही नयाँ मानिसहरु चुनावको बेलामा मात्रै आएको भन्दै उनीहरु सिमलीको रुख भएको टिप्पणी गर्नुभयो । कांग्रेसका प्रभावशाली नेता केसीले आफूलाई बुढो उम्मेदवार भनेको प्रति असन्तुष्टि व्यक्त गर्दै विश्वका धेरै देशहरुमा पाका उमेरका नेताहरुले नै विकास र समृद्धि ल्याएको पनि बताउनुभयो ।

उहाले नुवाकोटको विकासमा आफूले हजुबादेखि नातीसम्मले लाभ लिने गरि काम गरेको भन्दै आफूमाथिको भ्रमबाट मुक्त हुन पनि आग्रह गर्नुभयो । कांग्रेसका पूर्व सहमाहामन्त्री केसीले नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले कमजोर पार्न खोजेकाले संविधान रक्षाका लागि कांग्रेस र माओवादी मिल्नु परेको प्रष्ट पार्नुभयो ।
उहाले नेपाली कांग्रेसभित्र बहादुरसिंह लामा र अर्जुननरसिंहबीच तालमेल नभएको भन्दै एमालेले कांग्रेसको भोट चोर्न खोजेको भन्दै उहाले त्यस्तो भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । यस्तै नेता केसीले माओवादीसँग पनि सुमधुर सम्बन्ध रहेकोमा जोड दिनुभयो । उहाले आफू जित्ने र अरु उम्मेदवार हार्ने अवस्था आए आफ्नो शीर निहुरिने भन्दै क्षेत्र नं २ अन्र्तरगत दुवै प्रदेशका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्नुभयो ।

किस्पाड. काठमाडौं सम्पर्क समितिका सभापति डी.बी गुरुड.को सभापतित्मा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा प्रदेश उम्मेदवार बहादुर सिंह लामा, रामप्रसाद ढुंगाना, माओवादी पोलिब्यूरो सदस्य बिमला सुवेदी, नेपाली कांग्रेसका पूर्व जिल्ला सभापति जगदीश्वरनरसिंह केसी लगायतका वक्ताहरुले गठबन्धनलाई जिताउन अपिल गर्नुभएको थियो । सभामा नुवाकोटबाट काठमाडौं आई बसोबास गरेका नुवाकोटबासीको उल्लेख्य सहभागिता रहेको थियो ।