
रायपुर । भारतीय सुरक्षा बलसँगको भिडन्तमा मंगलबार एक शीर्ष कमान्डरसहित कम्तीमा १४ जना माओवादी विद्रोहीको मृत्यु भएको छ । भारतीय गृह मन्त्रालयले यसलाई हालैका लडाइँमध्ये सबैभन्दा ठूलो भनेको छ ।
मन्त्रालयले मारिएका कमान्डर जयराम वा चलपति भनेर चिनिने नेता भएको र उनको टाउकोमा एक लाख १५ हजार डलरको इनाम रहेको जनाएको छ ।
नयाँदिल्लीले दशकौँ लामो द्वन्द्व अन्त्य गर्ने प्रयासलाई तीव्र पारेको छ । भारतको छत्तीसगढ राज्यको जंगलमा रहेका छापामारको गढमा जनवरी १६ मा १२ जना माओवादी मारिएपछि मंगलबारको झडप भएको हो ।