
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)ले अनुशासनको कारबाही गरेको छ। सन्दीपले मधेस प्रदेशमा भएको जय ट्रफीका दौरान अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए।
सोही घटनामा क्यानले सन्दीपमाथि घरेलु क्रिकेट प्रतियोगिताको एक खेलमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । जय ट्रफीका दौरान सन्दीपले सामाजिक सञ्जालमा अम्पायरको निर्णयप्रति असन्तुष्टि जनाउँदै लेखेको हुँदा क्यानको र खेलाडीहरूबीच सम्झौता २।७ अनुसार सन्दीपलाई नेपाल क्रिकेट संघको आयोजनामा हुने घरेलु प्रतियोगिताको एक खेलका निम्ति प्रतिबन्ध गरिएको हो,क्यानले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।