Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

रित्तो गाग्री लिएर प्रधानमन्त्री भेटन्आएका साम्पाङ रित्तै फर्किए

नुवाकोट पुकार ८ माघ २०८१, मंगलवार १९:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने र रित्तो गाग्ी उपहार दिने योजनामा काठमाडौं आएका धरान उपमहानरपालिका मेयर हर्कराज राई (हर्क साम्पाङ) अन्ततः रित्तै फर्किएका छन् । धराने जनताको खानेपानीको समस्या बोकेर काठमाडौं आइपुगेका साम्पाङलाई प्रधानमन्त्रीले भेट नदिएपछि उनी अर्थमन्त्री र खानेपानी मन्त्रीलाई मात्रै भेटेर फर्किएका हुन । साम्पाङआज (मंगलबार) साम्पाङ रित्तो गाग्री लिएर सिंहदरबार छिर्न खोजेका थिए ।

साम्पाङले ल्याएको रित्तो गाग्री भने प्रहरीले सिंहदरबारभित्र लैजान दिएन । रित्तो गाग्री प्रहरीलाई बुझाएर सिंहदरबार छिरेका साम्पाङले अर्थमन्त्री विष्णु पौडेल र खानेपानी मन्त्री प्रदीप यादवलाई भेटे । उनले मन्त्रीद्वयलाई धरानको खानेपानी समस्या समाधानका लागि आर्थिक स्रोत सुनिश्चितताको लागि आग्रह गरेका थिए ।

मन्त्रीद्वयबाट आश्वासन पाएका मेयर साम्पाङ प्रधानमन्त्री ओलीलाई भेटेर धराने जनताको तर्फबाट पत्र बुझाउन चाहन्थे । तर, ओलीले भेट्ने समय नै नदिएको उनीनिकट स्रोतले बतायो ।

प्रधानमन्त्री ओलीलाई भेट्नका लागि उनका स्वकीय सचिवहरुलाई पटक–पटक फोन गर्दा पनि समय नरहेको जानकारी आएको बताइएको छ । प्रधानमन्त्री ओलीलाई धराने जनताको तर्फबाट रित्तो गाग्री उपहार लिएर सिंहदरबार आइपुगेका साम्पाङलाई प्रधानमन्त्री ओलीले पनि भेट नै नदिई रित्तै फर्काइदिएका छन् ।

Continue Reading

Previous: क्यानले सन्दीपलाई गर्‍यो कारबाही
Next: कृषि अनुदानमा सरकारको भूमिका (सम्पादकीय)

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार