Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कृषि अनुदानमा सरकारको भूमिका (सम्पादकीय)

नुवाकोट पुकार ९ माघ २०८१, बुधबार ०७:५६

कृषि क्षेत्रले भरिएको हाम्रो जस्तो मुलुकमा कृषकहरुका आआफ्नै पीडा रहेका छन् । कृषिको यति धेरै सम्भावना बोकेको हाम्रो देशले कृषिजन्य खाद्य वस्तुहरु धेरै आयात गर्नुपर्ने बाध्यता छ । कृषिका लागि भएका जमिनको सहि रुपमा सदुपयोग गर्न सक्ने हो भने हामी आत्मनिर्भर मात्रै हुने छैनौं त्यसबाट राम्रो आम्दानी पनि गर्न सक्छौं । तर त्यसका लागि सरकारी नीति नियम र सुविधाको आवश्यकता पर्दछ ।

गत हप्ता कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले पाँच वर्षमा कृषकका नाममा वितरण गरिएको अनुदान सार्वजनिक गरेको छ । सरकारले सार्वजनिक गरेको अनुदानलाई हेर्दा वास्तविक रुपमा तल्लो तहमा त्यो पुगेको देखिदैन । कृषिमन्त्री रामनाथ अधिकारीले आर्थिक वर्ष २०७६र७७ देखि २०८०र८१ सम्म कृषि तथा पशुपंक्षी विकास मन्त्रालयबाट अनुदान लैजाने कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूका नाम सार्वजनिक गर्नुभएको थियो । अनुदान मध्ये प्रत्यक्षतर्फ कृषि सहकारी र समूहले लगेको २० अर्ब ३० करोड र अप्रत्यक्षतर्फ अनुदानित रासायनिक मल ८७ अर्ब ३५ करोड ९७ लाख ७३ हजार रुपैयाँ अनुदानमा वितरण भएको उल्लेख छ । पाँच वर्षमा अनुदान लानेले त्यसबाट कति उत्पादन गर्न सके वा त्यसले राज्यलाई के कस्ता फाइदाहरु भए भन्ने कुरा खुलाइएको छैन । यद्यपि सरकारले अनुदान लाने समूह र रकम सार्वजनिक गर्ने जमर्को गर्नु पनि सकारात्मक मान्नुपर्दछ ।

यसअघि कृषकका नाममा गैर कृषकले अनुदान लिएको चर्चा धेरै भएको थियो । त्यतिमात्रै होइन मन्त्री अधिकारीले कृषि अनुदानको रकम दुरुपयोग भएको आशंका व्यक्त गर्दै अनुदान लिनेको नाम सार्वजनिक गर्ने समेत जनाउनु भएको छ । यदि मन्त्रीज्यूले भने जस्तो नै राज्यका तर्फबाट भयो भने यो अत्यन्त राम्रो र सकारात्मक कुरा हुनेछ । अनुदानको मुख्य समस्या भनेको नै यहि हो, जसले अनुदान लैजान्छ उसले के गरिरहेको छ भन्ने कुरामा राज्य बेखबर छ ।

पाँच वर्षमा कृषि सहकारी, कृषि समूह तथा कृषि फार्ममार्फत पछिल्लो पाँच वर्षमा १० अर्ब ५८ करोड ७६ लाख ४६ हजार रुपैयाँ अनुदान प्रवाह भएको भनिएपनि त्यसबाट कृषककले कति लाभ लिए र राज्यलाई के फाइदा भयो भन्ने कुरा प्रष्ट हुनुपर्दछ । अनुदान दिनु र लिनु ठुलो कुरा होइन त्यसबाट के कति उपलब्धि भयो भन्ने कुराको तथ्याड्.कमा आउनु पर्दछ । राज्यको अनुदान लिनेले पनि आफू कर्मलाई जिम्मेवार बनाउनु पर्दछ । तब मात्रै त्यसबाट उपलब्धि हासिल गर्न सकिन्छ ।


अर्को कुरा सरकारले कृषि क्षेत्रको विकासका लागि भन्दै प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्थापना गरेको छ । यसमार्फत वितरण हुने अनुदानका विषयमा पनि पारदर्शी ढंगबाट काम नभएको गुनासो बारम्बार आउने गरेका छन् । सरकारले सार्वजनिक गरेको विवरण अनुसार यो संस्थामार्फत बाट ६ अर्ब ६१ करोड ९५ लाख ३१ हजार रुपैयाँ रकम प्रवाह भएको देखिन्छ ।

उक्त रकम एक लाख ४१ हजार ६७० कृषि सहकारी, कृषि समूह तथा कृषि फर्महरूले लगेको सरकारी तथ्याड.्कमा उल्लेख छ । तर ति संस्थाहरुले कति प्रगती गरेर भनेर राज्यलाई सहि रुपमा प्रतिवेदन बुझाएको पाइँदैन । यो विषयमा राज्य पनि जिम्मेवार हुनुपर्दछ ।

अनुदान मार्फ दिएर राज्यको जिम्मेवारी पूरा हुँदैन । तयो कहाँ र कसरी खच भयो, तोकिएको मापदण्ड अनुसार भयो कि भएन भनेर सहि ढंगले लेखा जोखा भएन भने यसरी नै अनुदानहरु बालुवामा पानी हाले जस्तो हुँदै जानेछ । तसर्थ मन्त्री अधिकारको सक्रियतामा जसरी अनुदान रकम सार्वजनिक भएको छ अबका दिनमा अनुदान लाने र त्यसले कृषकलाई र राज्यलाई के फाइदा भयो त्यो पनि सार्वजनिक गर्नुपर्दछ । अनिमात्रै वास्तविक किसानसम्म अनुदान पुग्ने र राज्यले सहि रुपमा लाभ लिन सक्ने अवस्था बन्दै जानेछ ।

Continue Reading

Previous: रित्तो गाग्री लिएर प्रधानमन्त्री भेटन्आएका साम्पाङ रित्तै फर्किए
Next: क्रियाशिल नवीकरणमा नदेखिएको उत्साह

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार