Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

क्रियाशिल नवीकरणमा नदेखिएको उत्साह

नुवाकोट पुकार ९ माघ २०८१, बुधबार ०७:५९

शुकदेव दाहाल

नेपालको राजनीतिक इतिहासमा नेपाली कांग्रेसको भूमिका जो कोहिले पनि सजिलै बुझ्दै आएका छन् । इतिहासमा उल्लेख भए अनुसार चार शहिद जसले राणाहरुको अत्याचारका विरुद्ध संघर्षको विगुल नफुकेको भए र आफूलाई आहुती दिन तयार नभएको भए सायद हामी त्यति बेलादेखि नै रैतीबाट नागरिक हुने थिएनौं होला ।

शुक्रराज शास्त्री, दशरथचन्द्र,गंगालाल श्रेष्ठ र धर्मभक्त माथेमा सहिदको त्याग र बलिदानीपछि त्यसलाई नेपाली कांग्रेस पार्टीको रुपमा स्थापना भएको एउटा शक्तिले निरन्तरता दिएका कारण नै हाम्रा पिता पुर्खाले पनि लोकतान्त्रिक नागरिकका रुपमा आफूलाई उभ्याउन पाएका थिए ।

कांग्रेसका ति व्यक्तित्वहरु, स्वर्गीय, वीपी कोइराला, गणेशमान सिंह, सुर्वर्ण शमशेर,कृष्णप्रसाद भट्टलाई,जस्ता नेताहरुको नाम इतिहासको पानामा उच्च स्थानमा स्वर्णीम अक्षरमा लेखिएका छन् । यति धेरै त्याग र संघर्षका माध्यमबाट स्थापना भएको प्रजातन्त्र र हाल अझ बृहत रुपमा परिषकृत भएको लोकतन्त्रका माध्यमबाट जनातका अधिकार पुर्ण रुपमा स्थापित भएको मुलुकको नागरिक हामी हुन पाएका छौं । जसको नेतृत्व हालसम्म पनि नेपाली कांग्रेस, एमाले जस्ता पार्टीहरुले गर्दै आएका छन् । यहाँ उल्लेख गर्न खोजिएको विषय केबल कांग्रेसको क्रियासँग मात्रै जोडिएको छ ।


माथि उल्लेख गरिए जस्तै कांग्रेसको इतिहास लोभलाग्दो नै छ । जसले हरेक संर्घषलाई पार लगाउँदै देशलाई यो अवस्थामा ल्याउन सफल भएको छ । हाम्रो जस्तो दुई ठुला देशको बीचमा रहेर पनि सार्वभौम सम्पन्न, शान्ति राष्ट् नेपालको रुपमा रहन पाएका छौं । यो हाम्रा लागि गर्भको कुरा हो । तर आज त्यहि पार्टी र दलप्रति आम जनताको विश्वास क्रमश ः ढगमगाउँदै जान थालेको छ । कांग्रेस जस्तो लोकतान्त्रिक पार्टी जसले हरेक वर्ग र समुदायको प्रतिनिधित्वका विषयमा आवाज उठाउँदै आएको छ । प्रेस स्वतन्त्रता र खुला बजार अर्थनीति कांग्रेसको समाजवादभित्र पर्दछ । त्यहि समाजवादको घेराभित्र रहेर देशले हरेक तह र तप्कालाई अधिकार सम्पन्न बनाएको छ । अझ भनौं स्वतन्त्र र बलियो बनाएको छ । तर पनि कांग्रेसप्रति पछिल्लो समय युवा पंक्तिदेखि वृद्धसम्म त्यति धेरै उत्साहित भएको देखिदैन ।

पंक्तिकारले हालै कांग्रेसले वितरण तथा नविकरण गर्दै गरेको क्रियाशिल सदस्यका विषयमा आफ्नो गृह जिल्लामा रहेर पुराना कांग्रेसका नेता कार्यकर्ता तथा युवाहरुको प्रतिक्रिया लिने क्रममा कांग्रेस प्रतिपार्टीका क्रियाशिलहरुको नै उत्साह नभएको प्रतिक्रिया प्राप्त गरेको थियो । करिब ५० जना क्रियाशिल सदस्यलाई नकिवरणका विषयमा सोधिएको प्रतिक्रियामा झण्डै बहुमत सदस्यले सदस्यता नविकरणमा त्यति उत्साह र चासो देखाएको देखिएन । त्यस्तै साधारण सदस्यका रुपमा रहेकाहरुमा पनि त्यस्तै प्रकारको प्रतिक्रिया प्राप्त गरेको छ । यो कांग्रेसका लागि दुःखद् कुरा हो । कुनै बेला कांग्रेसको क्रियाशिल सदस्यका ललिन भनसुन गर्नुपर्ने अवस्था थियो , तर आज लौन लिनुपर्यो भन्नुपर्ने अवस्था बन्दै गएको छ । अझ युवाहरुको प्रतिक्रिया त झन निराशाजनक नै देखिन्छ । राजनीतिप्रति उनीहरुको कुने चासो छैन । त्यसमा पनि कांग्रेस बुढो भयो भन्ने उत्तर पाईन्छ । भोलिका दिनमा यस्तै जमात बढ्दै गयो भने कांग्रेस जस्तो पार्टीको अवस्था के होला ?


लोकतन्त्रमा लोकतान्त्रिक शक्तिहरु बलियो हुनुपर्दछ भन्ने मान्यता छ । अहिले त्यहि लोकतान्त्रिक शक्तिका रुपमा स्थापित भएका कांग्रेस र एमाले कमजोर भएका कारण नै देशले लोकतन्त्रको अधिकार बलियोसँग जनतासम्म प्रत्याभुत गराउन सकेको छैन । अधिकार प्रयोग भएको ठाउँमा पनि त्यसको पिल्लर भने बेला बेलामा डगमगाउन थालेको छ । तर दलहरुको पछिल्लो राजनीतिक चरित्र सत्ता केन्द्रीत मात्रै भएको छ । अब यसप्रति दलहरु जिम्मेवार बन्नैपर्ने देखिन्छ । विशेष गरेर कांग्रेस नेताहरु यसप्रति चनाखो हुनैपर्दछ । के कारणले क्रियाशिल सदस्यप्रति नागरिकको वा पार्टीका शुभचिन्तकहरुको उत्साह छैन ? । यसको वास्तविकता पत्ता लगाउँदै १५ औं महाधिवेशनका लागि उर्जा थप्न सक्नुपर्दछ । नागरिकलाई कांग्रेसको विचार, दृष्टिकोण र अब गर्ने काम र अबको नेतृत्वको भूमिकाबारे प्रष्ट पान सकिएन भने कांग्रेसलाई पनि जनताले भीरमा पुगेको गोरुलाई ,राम राम भने जस्तै गर्ने दिन आउने छ । यसप्रति पार्टी नेतृत्वको ध्यान पुग्नुपर्ने देखिएको छ ।

Continue Reading

Previous: कृषि अनुदानमा सरकारको भूमिका (सम्पादकीय)
Next: देशभरको मौसम सफा रहने 

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार