
फाइल तस्बिर
विदुर । नुवाकोट जिल्लाको सदरमुकाम विदरबासीले अब सहज रुपमा खानेपानी खान पाउने भएका छन् । अर्थमन्त्रालयले विदुरबासीलाई समेत खानेपानी उपलब्ध गराउन महत्वपूर्ण योजनाको रुपमा रहेको ड्वाचे खानेपानी उपभोक्ता समितिको लागी थप पाच करोड बजेटको श्रोत सुनिश्चित गरेको छ ।
विदुरका नगरप्रमुख राजन श्रेष्ठको निरन्तरको प्रयासले खानेपानी मन्त्रालयको मागको आधारमा अर्थमन्त्रालयले यो वर्ष नै १० लाख र अर्को वर्ष ४ करोड ९० लाख रुपैयाको बजेट सुनिश्चित भएको जनाएको हो । उक्त बजेटका लागि अर्थमन्त्रालयले पौष २६ गतेको मन्त्रीस्तरिय निर्णय गर्दै स्रोत सुनिश्चित गरेको हो ।
अर्थमन्त्रालय मार्फत नुवाकोटका दुई योजना विदुर ढल निर्माण तथा प्रशोधन आयोजनाको लागी १० करोड र ड्वाचे खानेपानिको लागी पाच करोडको बजेट सुनिश्चित भएपछि विदुरका नगरप्रमुख राजन श्रेष्ठलाई खानेपानी मन्त्री प्रदीप यादवले मंगलबार मन्त्रालयमा बोलाएर निरन्तरको प्रयासले सफलता पाउनुभएको भन्दै बधाई सहित श्रोत सुनिश्चत भएको पत्र प्रदान गर्नुभएको थियो ।
गत महिना खानेपानी मन्त्रीलाई नुवाकोट बोलाएर विदुर ढल निर्माण तथा प्रशोधन आयोजना र विदुर खानेपानीको स्थलगत अवलोकन गराएर र ड्वाचे खानेपानीको अहिलेको अबस्थाको जानकारी गराई बजेटको श्रोत सुनिश्चित गराउन नगरपालिकाले पहल गरेको थियो । सो त्रममा मन्त्री यादवले विदुर नगरपालिकास्थित बिदुरबासीलाई जसरी पनि खानेपानी खुवाउने प्रतिवद्धता समेत जनाउनु भएको थियो ।

स्रोत सुनिश्चिततको पत्र बुझेपछि मन्त्रालयमा खानेपानी मन्त्री प्रदिप यादसँग तस्बिर खिचाउँदै मेयर राजन श्रेष्ठ
उहाँले विदुरका मेयरको सक्रियताप्रति समेत आफू प्रभाविकत भएको भन्दै काम गर्ने बाचा समेत दिनुभएको थियो । सोही वाचा अनुसार मन्त्री यादवको विशेष आग्रहमा अर्थमन्त्रालयले बजेटको व्यवस्था गरेको छ ।
मन्त्रालय स्रोतका अनुसार खानेपानी मन्त्रालयबाट गएको टिप्पणी मागको आधारमा नुवाकोटका दुई योजनाको लागी १५ करोडको बजेटको श्रोत सुनिश्चित गरेको हो ।
बजेट निश्चित भएसँगै मन्त्री यादव आफैले मेयरलाई बोलाएर पत्र हस्तान्तरण गर्नुभएको छ । मन्त्री यावदको यो निर्णयले खानेपानीको पखाईमा रहेका विदुरबासी भने निकै खुशी भएका छन् । उनीहरुकाले योजनालाई सहि ढगले अबि ढाउन पनि नगरपालिकासँग आग्रह गरेका छन् ।
