Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

एमसीसीमा धेरै विरोध भयो, तर अहिले यो राम्रो पोजेक्ट रहेछ भन्ने थाहा भयो ः सभापति देउवा

नुवाकोट पुकार ९ माघ २०८१, बुधबार १९:१०

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीमा धेरै विरोध भएपनि अहिले त्यो राम्रो पोजेक्ट रहछ भन्ने सबैले थाहा पाएको बताउनु भएको छ ।

नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विभागले आज पार्टी कार्यालय सानेपमा आयोजना गरेको नेपालको सन्दर्भमा वैदेशिक सहायताको उपयोगका विषयमा गरेको कार्यक्रममा सभापति देउवाले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो,“हाम्रो देश भारत र चीनको बीचमा छ ।

त्यहाँको नीतिको असर यहाँ देखिन सक्दछ । त्यसको फाइदारबेफाइदा पनि हामीलाई समय अनुसार हुन सक्छ,” देउवाले भने, “एमसीसी पास गर्ने बेलामा हाम्रोमा धेरै ठूलो विरोध भयो । तर, पार्लियामेन्टले पास गरेपछि अहिले धेरैलाई थाहा भयो कि त्यो धेरै राम्रो प्रोजेक्ट रहेछ भन्ने ।” उहाँले राजनीतिक दलहरूले गरेका विरोधले नेपालमा कस्तो ऋण लिने र कति लिने भन्ने सन्दर्भमा प्रस्टता ल्याउन सहयोग पुगेको उल्लेख गर्नुभयो ।

पूर्व प्रधानमन्त्री देउवाले नेपालले अहिलेसम्म धेरै ऋण वल्र्ड बैंक, एसियाली बैक, अन्तराष्ट्रिय मुद्रा कोष आइएमएफमार्फत लिएको बताउनुभयो । उहाँले जाइकामार्फत जापान सरकारको ऋण लिएको भन्दै त्यो पनि अनुदानमा परिणत हुने गरेको बताउनुभयो ।

सभापति देउवाले कांग्रेसको आर्थिक नीति तथा योजना विभागका प्रमुख प्रा.डा. गोविन्दराज पोखरेलले महत्त्वपूर्ण छलफल राखेको भन्दै यसले आफूसहित नेपालीहरूलाई धेरै कुरा बुझ्न सहयोग पुगेको समेत बताउनुभयो । कार्यक्रममा आर्थिक विषयमा विज्ञहरुसँग छलफल आयोजना गरिएको थियो ।

Continue Reading

Previous: Previous Post
Next: विदेशी विनिमय दर ः अमेरिकी डलरको मूल्य घट्यो

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार