
विदुर । सम्मानित नुवाकोट जिल्ला अदालतबाट विभिन्न मितिमा फैसला कार्यान्वयन अन्तर्गत कैद तथा जरिवाना सजाय तोकी फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा साविक जिलिड. १ अर्थात हाल बेलकोटगढी वडा नं ८ का सन्तबहादुर तामाड. रहेका छन् । प्रहरी टोलीले खोजतलास गर्ने क्रममा माघ १४ गते बिदुर नगरपालिका वडा नं ०२ स्थितबाट पक्राउ परी आवश्यक कारवाहीको लागि नुवाकोट जिल्ला अदालत बिदुर नुवाकोटमा बुझाईएको प्रहरीले जनाएको छ