
काठमाडौँ । सरकारले जारी गरेको अध्यादेश फास्टट्रयाक प्रक्रियाबाट पारित गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्रीपरिषद्को बैठकले यस्तै निर्णय गरेको हो ।
यही माघ १८ गतेबाट सुरु हुने संसद्को हिउँदे अधिवेशनकै दिन सरकारले हालै जारी गरेका अध्यादेशहरू संसदमा पेश गर्ने तयारी गरेको छ ।
सरकारले सिफारिस गरेर राष्ट्रपतिले हालै जारी गर्नुभएको अध्यादेश कार्यान्वयनका लागि नियमावली बनाउने काम भइरहेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सवा गुरुङले जानकारी दिनुभयो । बैठकले भालि सहिद दिवस सरकारी स्तरबाट मनाउने निर्णय पनि गरेको मन्त्री सुब्बाले जानकारी दिनुभयो ।