
काठमाडौं । नेप्से परिसूचकमा आज सुधार आएको छ । आज मंगलबार नेप्से २४.५० अंकले बढेको छ । नेप्से ०.९३ प्रतिशतले बढेर २६५७।७७ को विन्दुमा पुगेको छ ।
यस दिन नौ अर्ब ४० करोड २६ लाख ७८ हजार रुपैयाँमा एक करोड ९६ लाख ६० हजार १९५ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।कारोबारमा रहेका सबै १३ समूहको समूहगत परिसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक क्षेत्रको परिसूचक ४.०७ प्रतिशतले बढेको छ ।
१३ विकास बैंकको सेयर मूल्य बढ्दा दुइटाको घटेको छ ।समग्रमा १७७ कम्पनीको सेयर मूल्य बढेको छ । ६० कम्पनीको सेयर मूल्य घटेको छ ।
६ कम्पनीको सेयर मूल्य स्थिर छ ।सबैभन्दा धेरै कमाउनेमा उपकार लघुवित्त, सिक्लेस हाइड्रोपावर, थ्री स्टार हाइड्रो र जानकी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै गुमाउनेमा डोल्टीपावर कम्पनीको सेयर मूल्य ८।४३ प्रतिशतले घटेको छ ।