
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सातबुँदे सहमति कार्यान्वयन हुने विश्वस व्यक्त गर्नुभएको छ ।
आज शुक्रबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै देउवाले भन्नुभयो एमालेसँगको सहमति कार्यान्वयन हुनेछ । अन्य राजनीतिक दलको पनि सहयोग हुनेछ भन्ने विश्वास लिएको छु ।” उहाँले वर्तमान अवस्थामा लोकतन्त्रको विकल्प सोच्न नसकिने समेत बताउनुभयो ।
देउवाले सरकारले ६ महिनाका अवधिमा गरेका काम राम्रा भएको दाबी समेत गर्नुभयो। “कुनै पनि सरकारको मूल्यांकन गर्न ६ महिनाको सहकार्य पर्याप्त हुँदैन । सरकारले यस अवधिमा गरेका काम राम्रा छन् । त्यसैले भविष्यमा असल परिणाम देखिने अनुभूति गरेको छु,” उहाँले भन्नुभयो ।
कांग्रेस संसदीय दलका नेता देउवाले संविधान संशोधनका विषयमा दलहरूबीच छलफल गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । प्रस्तुत उहाँको सम्बोधनको पूर्ण पाठ