Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

गणेशसुर्य आधारभुत विद्यालयमा स्टेसनरी सामग्री वितरण

नुवाकोट पुकार १९ माघ २०८१, शनिबार १७:१५

मालाकोट । नुवाकोटबाट अमेरिकामा वसोवास गरिरहेका नेपालीहरुको संस्था ‘अमेरिका नुवाकोट सहयोग समितिले’ लिखु गाउँपालिका वडा नम्बर ३ मालाकोटमा रहेको गणेशसुर्य आधारभुत विद्यालयमा स्टेसनरी सामाग्री वितरण गरेको छ ।


सोमवार विद्यालयमा आयोजित एक कार्यक्रममा समितिले उपलब्ध गराएको स्टेसनरी सामाग्री गाउँपालिकाका उपाध्यक्ष सुभद्रा अधिकारी र प्रमुख प्रशासकिय अधिकृत अशोक विष्टले विद्यार्थीहरुलाई हस्तान्तरण गरेका हुन् ।


‘अमेरिका नुवाकोट सहयोग समितिले’ विद्यालयमा एक लाख रुपैयाँ वरावरको स्टेसनरी सामाग्री उपलब्ध गराएको हो । वितरण गरिएको स्टेसनरी सामाग्रीहरुमा कपि, पेन्सिल, ईरेजर, कटर जोमेट्रि बक्स लगाएत रहेका छन् ।


स्टेशनरी सामाग्री वितरण कार्यक्रममा बोल्दै गाउँपालिकाका उपाध्यक्ष अधिकारीले गाउँपालिकामा बजेट अभावका कारण विद्यालयहरुलाई देख्ने गरि सहयोग गर्न नसकिएको बताइन् । उनले विद्यालयको शैक्षिक स्तर सुधार गर्न शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावक सबै जिम्मेवार हुनुपर्ने उल्लेख गरिन् ।


कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्टले आगामी वर्षको बजेटबाट गाउँपालिकाको विद्यालयहरुमा ईहाजिरीको व्यवस्था मिलाइने बताए । यस्तै विद्यालयमा सिसिटिभी जडान गर्नुको साथै कम्प्युटर ल्याबलाई व्यवस्थित गर्ने प्रतिवद्धता व्यक्त गरे ।


कार्यक्रममा लिखु गाउँपालिका शिक्षा शाखा प्रमुख शेरसिंह रावतले पछिल्लो समय शिक्षमा क्रमिक रुपमा लगानी घट्दै गएको बताए । यस्तै विद्यालयका प्रध्यानाध्यापक दुर्गाराज पाण्डेले ‘अमेरिका नुवाकोट सहयोग समितिले’ आधारभूत तथा गुणस्तरीय शिक्षामा टेवा पु¥याउने उद्देश्यका विद्यालयमा स्टेसनरी सामाग्री उपलब्ध गराएको बताए । उनले विद्यालयको शैक्षिक स्तर सुधार गर्न विभिन्न सामाजिक संघसंस्थाको सहयोग भएपनि पर्याप्त नभएको भन्दै स्थानिय सरकारले बढी जिम्मेवार लिनुपर्ने बताए ।
आगामी दिनमा पवि विद्यालयमा यस्तै सेवामूलक र प्रभावकारी कार्यक्रमहरू गरिरहने ‘अमेरिका नुवाकोट सहयोग समितिले’ जानकारी दिएको छ । विद्यालयमा हाल ८८ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् ।

Continue Reading

Previous: एमालेले दियो सहकारीसम्बन्धी अध्यादेशमा प्रधानमन्त्रीलाई यस्तो सुझाव
Next: सम्बन्धविच्छेदको तयारीपछि यसो भन्छिन् एलिना ः (भिडियोसहित)

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार