Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्याब्सन नुवाकोटको एसइई लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न, विद्यार्थीहरुको उत्साहजनक सहभागिता

नुवाकोट पुकार २१ माघ २०८१, सोमबार ०९:२५

विदुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले विद्यार्थीहरुका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।

आगमी चैत्र महिनामा आउँदै गरेको एसईई परीक्षाको तयारीका विषयमा विषय विज्ञहरुमार्फत मार्फत विद्यार्थीलाई अभिमुखीकरण प्रदान गरिएको प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा प्याब्सनसँग आवद्ध विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो ।

प्याब्सन नुवाकोटका अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रम नुवाकोट जिल्लाको लागि पहिलो कार्यक्रम भएको बताइएको छ । सहभागी विद्यार्थीहरुले कार्यक्रमबाट आफुहरुलाई एसईई परिक्षाको तयारी र राम्रो नतिजा प्राप्त गर्नका लागि फलदायी हुने विश्वास व्यक्त गरेका छन् । नुवाकोट पुकरासँगको प्रतिक्रियामा उनीहरुले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरुको आवश्यकता रहेको बताए् ।

कार्यक्रममा अध्यक्ष अधिकारीले यस पटकबाट शुरु भएको यो कार्यक्रम निरन्तरता पाउने र आगामी दिनहरुमा विद्यालय, शिक्षक र विद्यार्थीहरुका आवश्यकतालाई ध्यानमा राखि थप तालिम, सेमिनार र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै जाने प्रतिवद्धता जनाउनु भएको थियो । बट्टारस्थित रानीमौरी पार्टी प्यालेसमा भएको कार्यक्रममा निजी विद्यालयका प्रिन्सिपल, सञ्चालक तथा कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुका साथै अभिभावकहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रममा अध्यक्ष अधिकारीकाले विज्ञ तथा अतिथिहरुलाई काठबाट बनाइएको नुवाकोट दरबार अंकित मायाको चिनोसहित विदा गर्नुभएको थियो ।

नुवाकोट जिल्लामा झण्डै १सय ५० भन्दा बढि संस्थागत विद्यालयहरु रहेका छन् । जिल्ला सदरमुकाम विदुरमा ५० भन्दा बढि विद्यालयहरु रहेका छन् । संस्थागत विद्यालयहरुले प्रदान गर्दै आएको गुणस्तरिय शिक्षाका कारण विद्यार्थीहरुलाई अध्ययननका लागि राजधानी लगायतका शहरहरुमा जानुपर्ने बाध्यता क्रमश ः पातलो हुँदै गएको विद्यालय सञ्चालकहरुको दावी रहेको छ ।

एसइई परीक्षाको नतिजामा केही सामूदायिक विद्यालय बाहेक अधिकांश नीजि क्षेत्रबाट सञ्चालित विद्यालयहरुमा अध्ययन गर्ने विद्यार्थीहरुले उत्कृष्ट नतिजा ल्याउँदै आएका छन् । जसले गर्दा पनि विद्यार्थीहरुको रोजाई संस्थागत विद्यालयतर्फ नै हुने गरेको देखिन्छ ।

Continue Reading

Previous: पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन
Next: राष्ट्रपति, प्रधानमन्त्रीलगायतद्वारा हनुमान ढोकामा वसन्त श्रवण (फोटो-फिचर)

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार