
काठमाडौं । नुवाकोट जिल्लाको त्रिशुली बजारबाट राजधानीमा बसोबास गरिरहेका नुवाकोटबासीहरुको सक्रियतामा सञ्चालनमा रहेको त्रिकाश बचत तथा ऋण सहकारी संस्थाको १५ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार राजधानीको म्हैपीमा सम्पन्न भएको साधारणसभामा अध्यक्ष अनिलकुमार श्रेष्ठले सहकारीको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्षको प्रतिवेदन पेश गर्दै श्रेष्ठले सहकारीले आर्थिक वर्ष २०७७।०७८ को अवधिमा विभिन्न बचत मार्फत एक अर्व छत्तिस करोड दुई लाख त्रिसठ्ठी हजार आठसय नब्बे रुपयाँ जम्मा गरेको जानकारी दिनुभयो ।

उहाले संस्थाले गत आर्थिक वर्षसम्म कुल कर्जा लगानी त्रिपन्न करोड दश लाख छयासी हजार चौरासी रुपयाँ रहेकोमा ४७ हरोड ९३ लाख ४२ हजार १५३ असुली गरिएको जानकारी दिनुभयो । अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिए अनुसार सहकारीले गत आर्थिक वर्षमा ९१ लाख ४५ हजार ७ सय ५६ रुपयाँ नाफा गरेको मा यस आर्थिक वर्षमा भने त्यसमा वृद्धि भई १ करोड २२ लाख एकहत्तर रहजार रहेको उल्लेख गरिएको छ ।यस्तै अध्यक्ष श्रेष्ठले आगामी दिनमा सहकारीको पुँजी वृद्धि गर्दै लैजाने र सहकारीलाई अझ फराकिलो बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहालेअब १२ महिना शेयर सदस्य बन्नका लागि समेत आवश्यक नियमन शंशोधन गरिने जानकारी गाउनु भएको थियो । कार्यक्रममा कोषाध्यक्ष राजेन्द्र कुमार प्रधानले कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने लेखा समितिका संयोजक राजु बहादुर श्रेष्ठले लेखा समितिको प्रतिवेदन पेश गर्नुभएको थियो । विदुर नगरपालिका वडा नं १ का वडा अध्यक्ष लेलिन रञ्जितको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणासभामा त्रिशुली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हरिलाल श्रेष्ठ, त्रिभुवन त्रिशुली मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नविन्द्रबहादुर प्रधानले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रञ्जितले त्रिकाश सहकारीलाई शेयर वृद्धि गरेर अझ शसक्त सहकारीको रुपमा उभ्याउन सुझाव दिनुभयो भने विशेष अतिथि त्रिशुली सहकारीका अध्यक्ष हरिलाल श्रेष्ठले त्रिकाश सहकारी त्रिशुली बजारका बासिन्दाको मात्र नभई सिंगो नुवाकोटबासीको सहकारीको रुपमा विकास गर्न सुझाव दिनुभयो ।
उहाले सहकारी धनीहरुका लागि मात्रै नभई गरिब हरुका लागि पनि हो भन्ने भावनाको विकास हुनुपर्नेमा पनि जोड दिनुभयो । उहाले सहकारीको विधि प्रक्रिया र नियम अनुसार अघि बढ्न सकेको खण्डमा सहकारी संस्थाहरु समस्यामा नआउने सुझाव समेत दिनुभयो । सहकारीका अध्यक्ष अनिलकुमार श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा उपाध्यक्ष सुरेन्द बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव देशभक्त प्रधानले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

सो अवसरमा शेयर सदस्य राजेन्द्र कुमार प्रधानका छोरो रिवश कुमार प्रधानले गत वर्षको एसइईमा उत्किष्ट अंक ३.४५ ल्याएको भन्दै नगद सहित सम्मान गरिएको थियो । यस्तै असल बचत कर्ताको रुपमा विजय प्रसाद श्रेष्ठ र असल ऋणीको रुपमा हरिशरण थापालाई सम्मान गरिएको थियो । सम्मानपत्रको बाचन व्यवस्थापक विकल कुमार श्रेष्ठले गर्नुभएको थियो ।