Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सूर्यगढीमा गाउँसभा सम्पन्न ः पर्यटकीय विकास र कृषि सुधारमा प्रतिबद्धता

नुवाकोट पुकार २१ माघ २०८१, सोमबार १४:५७

सुर्यगढी । नुवाकोट जिल्लाको ऐतिहासिक स्थल सूर्यगढीमा सूर्यगढी गाउँपालिकाको १६ औँ गाउँसभा सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको गाउँसभाले पालिकाको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण निर्णय गरेको छ ।

गाउँपालिकाको आर्थिक वर्षको अर्धवार्षिक समीक्षासहित विकास योजनाको प्रगति विवरण गर्दै अध्यक्ष घलेले पर्यटकीय आधार तयार पार्ने, ऐतिहासिक सम्पदाको संरक्षण गर्ने, कृषि सुधार गर्ने तथा जनताको आवश्यकताहरू पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अध्यक्ष घलेले ऐतिहासिक सूर्यगढी क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न लगायतका विभिन्न योजानहरुका विषयमा जानकारी दिनुभएको छ ।सभामा अध्यक्ष घलेले पार्क निर्माण, छिडी (सिँढी) निर्माण, गुरु योजना निर्माण, होमस्टे सञ्चालन, बागेश्वरी मन्दिर संरक्षण, चमेरे ओडार संरक्षण, तथा गोलेराजाको दरबार संरक्षण जस्ता योजना अघि सारिएको जानकारी दिनुभयो ।
गाउँपालिकाले कृषि क्षेत्रमा सुधार ल्याउन लोपोन्मुख बीउ संरक्षण तथा फापरको बीउ वितरण गर्ने नीति लिएको छ । कृषि उत्पादन वृद्धि गर्न तथा स्थानीय किसानहरूलाई आत्मनिर्भर बनाउन नयाँ प्रविधि तथा कार्यक्रम ल्याउने तयारी भइरहेको अध्यक्ष घलेले सार्वजनिक गर्नुभएको कार्यक्रममा उललेख गरिएको छ । गाउँपालिकाको आर्थिक वर्षका लागि कुल ४३ करोड ३४ लाख रुपैयाँ विनियोजन भएकोमा चालु खर्चतर्फ २६ करोड र पुँजीगत खर्चतर्फ १७ करोड ३४ लाख छुट्याइएको छ । पुस मसान्तसम्म ९ करोड ९६ लाख रुपैयाँ खर्च भइसकेको छ भने पुँजीगत खर्च ३८.२७% पुगेको जानकारी दिइएको छ ।

गाउँसभामा वडासभा सदस्यहरू, स्थानीय प्रतिनिधिहरू तथा सरोकारवालाहरूको उपस्थितिमा समसामयिक विषयहरूमा छलफल भएको थिया े। अध्यक्ष घलेले सीमित बजेटबाट जनताको असीमित आवश्यकताहरू पूरा गर्न चुनौती रहेको उल्लेख गर्दै प्रदेश तथा संघ सरकारको सहकार्यमा विकासका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनु भएको छ ।

Continue Reading

Previous: काठमाडौँका विभिन्न स्थानमा आजदेखि आठ दिनसम्म विद्युत् अवरुद्ध हुने
Next: एकताबद्ध प्रयासबाट काँग्रेसलाई बहुमत प्राप्त पार्टी बनाउन सक्छौँ : सभापति देउवा

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार