Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

जनाताको अस्पताललाई अझ स्तरीय बनाऔं(सम्पादकीय)

नुवाकोट पुकार २३ माघ २०८१, बुधबार ०८:३३

नुवाकोट जिल्लाको जिल्ला स्तरीय अस्पताल त्रिशुली अस्पतालले जुन उत्कृष्टता हासिल गर्न सफल भएको छ यो पक्कै पनि एउटा महत्वपूर्ण उपलब्धी मान्नुपर्दछ ।

तीन जिल्लाका लाखौ नागरिकहरुको सहज पहँुच भएको अस्पतालले यति राम्रो सुविधासहित सेवा प्रदान गरेको छ यसलाई स्वास्थ्य क्षेत्रमा लोकतान्त्रिक सरकारको तर्फबाट गरिएको सकारात्मक प्रयास मान्नुपर्दछ । २०१२ सालमा भारतको एक कम्पनीले जलविद्युत निर्माणमा सहभागि मजदुरहरुको उपचारका लागि स्थापना गरिएको सामान्य स्वास्थ्य सेवाले एक ७ दशकपछि सुविधा सम्पन्न भवनसहितको सेवा प्रदान गरिरहेको छ यो नुवाकोटबासीका लागि धेरै ठूलो खुशीको कुरा मान्नुपर्दछ । यस्ता धेरै असपतालहरु छन् जो यो अवस्थमा छैनन् ।

नुवाकोटमा अस्पताललाई यो अवस्थामा ल्याउनका लागि धेरै पक्षको सहयोग हुँदै आएको छ र अस्पताल आज यो अवस्थामा पुगेको छ । पछिल्लो पटक बागमती प्रदेश स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयको न्यूनतम सेवा मापदण्ड कार्यान्वयन समितिको रिपोर्ट अनुसार अस्पतालले न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा ८१ प्रतिशत अंक हासिल गर्दै बागमती प्रदेशको उत्कृष्ट अस्पताल बन्न सफल भएको छ । अस्पतालले अहिले एक सय शष्याको सुविधासहित धेरै विशेषज्ञ चिकित्सकहरुमार्फत सर्वसाधराणका लागि सेवा प्रवाह गर्दै आएको छ ।
गाउँघरमा समान्य मानिस र राजधानीसँग पहुँच नभएका र उपचारका लागि खर्च गर्न नसक्नेहरुका लागि जसरी त्रिशुली अस्पताल एक देशभरका अस्पताललाई राज्य यो अवस्थामा लैजान सक्नुपर्दछ । नुवाकोटको यो अस्पताललाई अब कुनै पनि बहानामा यो भन्दा कमको बनाउने अधिकार कसैलाई छैन । सरकारी अस्पताल भएकाले बेला बेलामा राजनीतिक चलखेलको कुरा सुनिने गरेको छ । अस्पताल जस्तो पवित्र स्थानमा त्यो हुनु हुँदैन । अस्पतालमा जो आएपनि वा जसले नेतृत्व गरेपनि त्यसलाई नागरिकको सेवामा प्रयोगमा लगाउन सक्नुपर्दछ ।

जनप्रतिनिधि भनेको जनताका प्रतिनधि हो । उनीहरुले जनताका पक्षमा काम गर्नुपर्दछ । अस्पतालले हाल जुन सेवा प्रदान गरेर आफूलाई स्तरीय बनाउन सफल भएको छ त्यसलाई टिकाउने जिम्मा नेपाल सरकार, प्रदेश र स्थानीय सरकारको हो । पछिल्लो समय अस्पतामा अध्यक्ष भएसँगै उपेन्द्र बुढाथोकीले बिरामीका लागि भिडियो कल गरेर सेवा लिनेदेखि नाकको अप्रेसन मेशिनबाट गर्नेसम्मको व्यवस्थापनमा भूमिका खेलेका छन् त्यो निश्चयकनै सकारात्मक प्रयास मान्नुपर्दछ । यसलाई निरन्तरता दिनेतर्फ अब व्यवस्थापनको ध्यान पुग्नुपर्दछ ।


कहिलेकाई अस्पतालको सेवा र सुविधा हुँदाहुँदै पनि , चिकित्सक रकर्मचारी अभाव हुने गरेको जनगुनासो आउने गरेको छ । यसतर्फ भने अस्पताल विकास समितिले समयमा नै ध्यान दिनुपर्दछ । कर्मचारी वा चिकित्सक विनाको अस्पतालको कुनै महत्व हूँदैन । गाउँ घरबाट थोरै खर्च बोकेर आएका बिरामीहरुले भनेका बेला चिकित्सक पाएनन् भने त्यो भन्दा दुःखको कुरा अरु के हुन सक्छ ? । यसतर्फ समितिकोको ध्यान पुग्नु जरुरी छ ।


यो सँगै अस्पतालले जति सेवा दिएको छ त्यो महत्वपूर्ण त छदैछ । तर त्यसलाई अझ स्तरीय र थप सुविधा बढाउने तर्फ पनि सरकारको ध्यान पुग्नु पर्दछ । क्षेत्रगत हिसाबले निकै ठूलो भुगोलका लागि भएकाले पनि अस्पतालले राजधानीमा पाउने सुविधा दिन सक्यो भने नागरिकलाई धेरै ठुलो राहत मिल्नेछ । यसले संघीयताको मर्म र भावनाको पनि सम्मान गर्नेछ । तसर्थ अबको नेतृत्वको ध्यान त्यसतर्फ पुगोस् भन्ने सन्देशकासाथ अस्पतालको यो उत्कृष्टता निरन्तर कायम रहोस् हार्दिक शुभकामना ।

Continue Reading

Previous: मन्त्रिपरिषद् बैठकका १८ निर्णय : उपभोक्ता अदालत गठन हुने(सूचिसहित)
Next: विश्वयुद्ध, भारतीय स्वतन्त्रता र नेपाल

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार