Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

ग्यास व्यवसायीले माघ ३० गतेदेखि आन्दोलन गर्ने घोषणा

नुवाकोट पुकार २५ माघ २०८१, शुक्रबार ०९:४१

२४ माघ, काठमाडौं । ग्यास व्यवसायीले राज्यको तर्फबाट लगानी संरक्षणको साटो निरुत्साहित गर्ने काम भएको भन्दै आन्दोलन गर्ने घोषणा गरेका छन्।

नेपाल एलपी ग्यास उद्योग सङ्घले बिहीबार ललितपुरमा पत्रकार सम्मेलन गर्दै आफ्ना माग पुरा नगरे माघ ३० गतेदेखि आन्दोलन गर्ने घोषणा गरेको हो।

पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष शिवप्रसाद घिमिरेले विभिन्न १९ बुँदे माग प्रस्तुत गर्दै आफ्ना माग पूरा नभए माघ ३० गतेदेखि देशभरका ५९ वटै ग्यास उद्योगले आयल निगमबाट डेलिभरी माग खरिद नगर्ने र नगराउने बताए ।

फाल्गुन १ देखि ५ गतेसम्म विरोधका कार्यक्रमबारे प्रचार प्रसार गर्ने, फाल्गुन ६ गनेदेखि भारतको इण्डियन आयलका निगमका लागि लोड हुने एलपी ग्यासको बुलेट कुनै पनि लोड नगर्ने उनले बताए। त्यस्तै फाल्गुन १२ गतदेखि नेपालका लागि लोड भएर आएका कुनै पनि ग्यास बुलेट भन्सार नाकाबाट नछुटाउने सङ्घले चेतावनी दिएको छ।

त्यस्तै फाल्गुन १८ गतेदेखि माग पुरा नभएसम्म उद्योगहरु अनिश्चित बन्द गर्ने र फाल्गुन २२ गतेबाट देशभरका ग्यास बिक्रेता डिपोहरुले बिक्रि बन्द गर्ने अध्यक्ष घिमिरेले बताए। त्यस्तै संघले सरकारको पूर्ण स्वामित्व र नियन्त्रित मूल्यका कारण आयल निगमले एलपी ग्यासमा मात्रै वार्षिक करिव ९ अर्ब घाटा व्यहोर्दै आएको जनाएको छ।

हाल नेपालमा ५९ ग्यास उद्योग सञ्चालनमा छन्। नेपालमा विस्फोटक ऐन कानुन र नियमन निकाय नहुँदा भारतको ऐन नियम अनुसार भारतबाटै इजाजत लिई उद्योग सञ्चालनमा रहेको संघले जनाएको छ।

विगत ६ वर्षदेखि डिलर कमिशस, ढुवानी, आभेरहेड खर्च बृद्धि नभएकाले तत्कालै बृद्धि हुनुपर्ने र हरेक बर्ष मुद्रास्फिती दरअनुसार समायोजन गर्ने व्यवस्था गर्नुपर्ने संघको माग छ। यस्तै, सङ्घले उद्योगी डिलरहरूको मुनाफा प्रतिशतमा काम गरी ५ प्रतिशत नघट्ने व्यवस्था हुनुपर्ने जनाएको छ।

Continue Reading

Previous: प्रधानमन्त्री ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै
Next: सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार