
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल माध्यमबाट संवाद गर्दै हुनुहुन्छ ।
प्रधानमन्त्री ओलीले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट सातै प्रदेशका मुख्यमन्त्रीसँग विकास निर्माण र आयोजना कार्यहरूको प्रगति बारेमा संवाद गर्ने जानकारी उहाँका सचिवालयले दिएको छ।
यसका साथै, आजै प्रधानमन्त्री ओली सरकारले आयोजना गर्ने सगरमाथा संवाद तयारी बैठकमा पनि सहभागी हुनेहुनेछ।
सचिवालयका अनुसार, प्रधानमन्त्री ओलीको यो बैठक नेपालको विकास र आगामी योजनाहरूको प्रगति सुनिश्चित गर्न महत्त्वपूर्ण हुनेछ।साथै प्रधानमन्त्रस ओलीले फेसबुक पेजमार्फत पनि जानकारी गराउनु भएको छ ।
उहाँले फेसबुकमा लेख्नुभएको छ ः
“ शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरुको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरुसँग एकसन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ” प्रधानमन्त्रीले लेख्नु भएको छ, “पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै कम द्रूत गतिमा अगाडि बढेका छन् ।”