Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

उपत्यका प्रदेश समितिले यि विषयमा काउन्सिलमा बुझायो ज्ञापनपत्र

नुवाकोट पुकार २५ माघ २०८१, शुक्रबार २०:१३

काठमाडौं,  नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिले मिडिया क्षेत्रको नियामक निकाय प्रेस काउन्सिल नेपालमा ज्ञापन पत्र बुझाएको छ।

प्रदेश अध्यक्ष टेनिस रोकाको संयोजकत्वको प्रतिनिधि मण्डलले शुक्रबार काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतलाई उहाँकै कार्यकक्षमा ज्ञापन पत्र बुझाएको हो। ज्ञापन पत्रमा पत्रपत्रिका वर्गीकरण पारदर्शी र बिना पूर्वाग्रही ढंगले निष्पक्ष, विवादरहित बनाउन माग गरिएको छ।

प्रदेशले सूचना विभागले अनलाइन मिडियाको दर्ता प्रक्रियाको कार्य गर्ने भएको हुँदा काउन्सिलमा पुनः सूचीकरण गरेर मिडिया सञ्चालक तथा पत्रकारलाई थप झण्झट प्रदान गर्ने कार्य हटाउन समेत माग गरिएको छ।

प्रदेश समितिले विभिन्न अनलाइन मिडियालाई सूचीकरणबाट हटाएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तत्काल उक्त निर्णय फिर्ता लिन ज्ञापन पत्रमा माग गरिएको छ। 

मिडिया विकास कोष अन्तर्गतका सेवा सुविधामा काठमाडौं उपत्यकालाई समावेश नगरेकोप्रति पनि प्रदेशले आपत्ति जनाएको छ। कार्यविधि संंशोधन गरेर सबैभन्दा धेरै पत्रकार र सञ्चारमाध्यम रहेको उपत्यका प्रदेश अन्तर्गतका जिल्लालाई यो सेवा सुविधामा समावेश गर्नुपर्ने माग प्रदेश समितिको छ। 

ज्ञापन पत्र बुझ्नुहुँदै अध्यक्ष बस्नेतले यस्ता ध्यानाकर्षणले काउन्सिलका काम कारबाहीलाई प्रभावकारी र जिम्मेवार बनाउन सहयोग पुग्ने बताउनुभयो। उहाँले प्रदेशका राखेका उचित माग आगामी बैठकमा पेश गरेर सम्बोधन गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ। 

सो क्रममा उपत्यका प्रदेश समितिका महासचिव आशिष गुरागाईं, कोषाध्यक्ष संजीप घिमिरे, काउन्सिलका मुख्य अधिृकत झबिन्द्र भुसाललगायतको उपस्थिति रहेको थियो। 

Continue Reading

Previous: प्रधानमन्त्रीद्वारा मुख्यमन्त्रीहरूसँग भर्चुअल बैठक
Next: खानेपानीमन्त्रीको कार्यकक्षमा आगलागी: पचास लाख बराबरको क्षति

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार