Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

कांग्रेसले दियो महिलाहरुलाई विधान प्रशिक्षण

नुवाकोट पुकार २६ माघ २०८१, शनिबार १८:५८

विदुर । नेपाली कांग्रेसको भातृ संस्था नेपाल महिला संघले महिला नेतृहरुका लागि विधान प्रशिक्षणको आयोजना गरेको छ । नेपाल महिला संघ नुवाकोटको जिल्ला समितिले बीपी स्कृति भवन विदुरमा आज शनिबार आयोजना गरेको प्रशिक्षण कार्यक्रममा जिल्लाका एकसय भन्दा बढि महिला प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

पार्टीका प्रवक्ता तथा पूूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पूूर्व सभापति धुर्व अधिकारी, महिला संघ केन्द्रीय अध्यक्ष उषा मिश्र रावत,नेपाली कांग्रेस नुवाकोटका उपसभापति राजुु थापा लगायतका अतिथिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रवक्ता डा. महतले कांग्रेस नेतृत्वमा भएका आन्दोलनबाट महिलाहरुको हक अधिकार स्थापित भएको भन्दै त्यसलाई सहज रुपमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

उहाँले राज्यका हरेक तहमा महिलाहरुको अनिवार्य सहभागिताले महिला अधिकार स्थापित भएको भन्दै यसलाई सकारात्मक रुपमा लिनुपर्ने बताउनुुभयो । उहाँले गाउँघरमा पुरुषभन्दा महिलाहरु धेरै रहेकाले अब महिलाले नै विकास निर्माणका काममा पनि नेतृत्व गर्न सझाव दिनुुभयो । नेता महतले महिला नेतृत्वहरुलाई गाउँ गाउँ गएर संगठन विस्तार गर्न निर्देशन समेत दिनुुभयो

कार्यक्रममा महिला संघ केन्द्रीय अध्यक्ष उषा मिश्र रावतले महिलाहरुले आफ्नो अधिकारका विषयमा जानकारी लिएर अघि बढ्न सुझाव दिनुुभयो । उहाँले यस्ता कार्यक्रमले महिलाहरुलाई पार्टीको विधानका विषयमा जानकारी लिन सहज हुने भन्दै कार्यक्रम आयोजना गरिएको धन्यवाद दिनुुभयो । उहाँले कांग्रेस नेतृत्वले महिला हक अधिकारका सुनिश्च्ति गराएको भन्दै यस विषयमा आम महिलाहरुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेसका पूर्व जिल्ला सभापति धुर्व अधिकारीले महिलाहरु आफै आफ्नो अधिकारका लागि जागरुक हुनुपर्नेमा जोड दिनुुभयो । कांग्रेस उपसभापति राजु थापाले लोकतन्त्रको स्थापनासँगै महिलाहरुलाई अधिकार सम्पन्न बनाएको भन्दै यसको सहि रुपमा प्रयोग गर्न सुुझाव दिनभयो ।

यस्तै कार्यक्रममा संविधासभा सदस्य राज्यलक्ष्मी श्रेष्ठ, कांग्रेस नेता,योगिन्द्रसिंह तामाड.कांग्रेस नेता ताराबबहादुर कार्की लगायतका अतिथिहरुको उपस्थिति रहेको नेपाल महिला संघ नुवाकोटले जनाएको छ ।

महिला संघ नुवाकोटकी अध्यक्ष सरिता आचार्यको सभापतित्वमा भएको कार्यक्रममा सहभागि भएका महिला प्रतिनिधिहरुले महिलाहरुलाई अधिकार प्रदान गरिएको भएपनि पार्टीले जिममेवारी दिँदा पुुरुषहरुलाई दिने गरेको गुनासो गरेका थिए । उनीहरुले महिलाहरुलाई पार्टीको मुख्य तहमा पनि लैजानुपर्नेमा जोड दिए ।

कार्यक्रममा पार्टीको विधानमा महिलाहरका अधिकार र योग्यताका विषयमा जानकारी गराउनका लागि विधान प्रशिक्षण कार्यक्रम गरिएको अध्यक्ष आचार्यले जानकारी दिईन । प्रशिक्षण कार्यक्रमा पार्टीमाबाट निर्वाचित जनप्रतिनिधि, महाधिवेशन प्रतिनिधि तथा पार्टीको विभिन्न तहम तहमा रहेर काम गरेका महिला नेतृहरुको सहभागिता रहेको थियो ।

कांग्रेसको विधानमा एकतिहाई महिलाको प्रतिनिधित्व भनिएको छ । यसले पहिलाको तुलनामा महिला सहभागिता धेरै बढाएको छ ।
अर्को, नेपालको संविधानले राज्यको हरेक निकायमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चितताको ब्यवस्था गरेको छ । कांग्रेसको १४ औं महाधिवेशनको कुल क्रियाशील सदस्य ८ लाख ५२ हजार ७११ जनामध्ये महिला १ लाख ९९ हजार ९७ जना रहेका छन् । जुन २२।६२ प्रतिशत हो । कांग्रेसमा ६ लाख ५३ हजार ८ सय ३८ जना पुरूष क्रियाशील सदस्य छन् । यो संख्या विदेशस्थित जनसम्पर्क समितिका क्रियाशील बाहेकको हो ।

Continue Reading

Previous: बिमस्टेक नेटवर्क अफ टुर अपरेटरको तेस्रो बैठक काठमाडौँमा
Next: वडा सदस्य सुनारको निधनमा भोलि विदुर नगरपालिकामा शोक विदा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार