Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

वडा सदस्य सुनारको निधनमा भोलि विदुर नगरपालिकामा शोक विदा

नुवाकोट पुकार २६ माघ २०८१, शनिबार १९:५६

फाइल तस्बिर

नुवाकोट, माघ २६ । विदुर नगरपालिका वडा नम्बर ९ की वडा सदस्य धनमाया सुनारको त्रिशुली नदीमा डुबेर निधन भएको छ। शनिबार विहान विदुर नगरपालिका वडा नम्बर ५, देविघाटस्थित जालपा मन्दिरमा स्नान गर्ने क्रममा उनी नदीले बगाएको प्रहरीले जनाएको छ।

बेपत्ता भएकी सुनारको शव बेलकोटगढी नगरपालिका वडा नम्बर ७, महादेवफाँटीस्थित त्रिशुली नदीको किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटले पुष्टि गरेको छ। शवको त्रिशुली अस्पतालमा पोष्टमार्टमपछि परिवारको जिम्मा लगाइएको छ।

नेकपा एमाले नुवाकोट जिल्ला कमिटी सदस्य समेत रहेकी वडा सदस्य सुनारको असामयिक निधनप्रति विदुर नगरपालिकाको कार्यालयले गहिरो शोक व्यक्त गरेको छ। यसै सन्दर्भमा, विदुर नगर कार्यपालिकाको आकस्मिक बैठकले माघ २७ गते (आईतबार) एक दिन शोक विदा दिने निर्णय गरेको छ।शोक बिदाको दिन विदुर नगरपालिका कार्यालय, सम्पूर्ण वडा कार्यालय र स्वास्थ्य संस्थाहरू (आकस्मिक सेवा बाहेक) बन्द रहने नगर कार्यपालिकाले जनाएको छ।नगरको सूचना अनुसार नगरसँगसँग आवद्ध वडा कार्यालयहरु मात्रै बिदा रहने बताइएको छ ।

नगरपालिकाले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ।

Continue Reading

Previous: कांग्रेसले दियो महिलाहरुलाई विधान प्रशिक्षण
Next: नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थामा दाहाल

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार