
मानुषी यमि भट्टराई
काठमाडौँ — नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) मा दुई पदाधिकारी, प्रदेश र केन्द्रीय सदस्यहरु निर्विरोध निर्वाचित भएका छन्। आइतबारदेखि सुरु भएको पार्टीको पहिलो महाधिवेशनको बन्दसत्रमा उनीहरू निर्वाचित भएका हुन् ।
पदाधिकारीमा निर्विरोध निर्वाचित हुनेहरूमा महिला उपाध्यक्षमा मानुषी यमि भट्टराई, उपाध्यक्ष (दलित)मा दुर्गा सोब रहेका छन् मानुषी यमि भट्टराई डा. बाबुराम भट्टराई र हिशिला यामुकी छोरी हुन । । यस्तै कोशी प्रदेश केन्द्रीय सदस्य खुलातर्फ मणि राई, कोशी प्रदेशबाटै महिला केन्द्रीय सदस्यमा तारा बास्तोला दवाडी र मधेश प्रदेशबाट महिला केन्द्रीय सदस्यमा बिबि समिना खातुन निर्विरोध निर्वाचित भएका छन् ।
वाग्मती प्रदेशबाट केन्द्रीय सदस्यमा महिलातर्फ बसुन्धरा सापकोटा, गण्डकी प्रदेशबाट खुला केन्द्रीय सदस्यमा चित्र सापकोटा र महिला सदस्यमा नारायणी अधिकारी निर्विरोध निर्वाचित भएका छन्। लुम्बिनी प्रदेशबाट खुला केन्द्रीय सदस्यमा कमल खनाल र महिलातर्फ सुनिता काफ्ले निर्वाचित भएका छन् । कर्णाली प्रदेशबाट खुला केन्द्रीय सदस्यमा लक्ष्मिप्रसाद भट्टराई र महिलामा मिराकुमारी मल्ल निर्वाचित भएका छन् ।
सुदूरपश्चिमबाट केन्द्रीय सदस्य खुलामा रतनबहादुर टमटा र महिलातर्फ सत्यदेवी चापागाईं निर्वाचित भएका छन् । यस्तै भारत प्रवास प्रदेश केन्द्रीय सदस्य खुलातर्फ लोकेन्द्रबहादुर सुनार निर्वाचित भएका छन् । यस्तै केन्द्रीय सदस्यमा खुला युवा महिलातर्फ निशा श्रेष्ठ, आदिवासी जनजाती युवा महिलामा मञ्जुमाया तामाङ, मधेशी महिलामा अमृताकुमारी देवी, दलित केन्द्रीय सदस्य युवामा हिक्मत विक र थारु महिलामा गीता थनेत निर्विरोध निर्वाचित भएका छन् ।
यी हुन् निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरु
उपाध्यक्ष (महिला) – मानुषी यमि भट्टराई
उपाध्यक्ष (दलित) – दुर्गा सोब
प्रदेशतर्फ
कोशी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- मणि राई
कोशी प्रदेश केन्द्रीय सदस्य (महिला) – तारा बास्तोला दवाडी
मधेश प्रदेश केन्द्रीय सदस्य (महिला) – बिबि समिना खातुन
बागमती प्रदेश केन्द्रीय सदस्य (महिला)- बसुन्धरा साप्कोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- चित्र सापकोटा
गण्डकी प्रदेश केन्द्रीय सदस्य (महिला) – नारायणी अधिकारी
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- कमल खनाल
लुम्बिनी प्रदेश केन्द्रीय सदस्य (महिला) – सुनिता काफ्ले
कर्णाली प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लक्ष्मी प्रसाद भट्टराई
कर्णाली प्रदेश केन्द्रीय सदस्य (महिला) – मिरा कुमारी मल्ल
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- रतनबहादुर टमटा
सुदूरपश्चिम प्रदेश केन्द्रीय सदस्य (महिला) – सत्यदेवी चापागाईं
भारत प्रवास प्रदेश केन्द्रीय सदस्य (खुल्ला)- लोकेन्द्रबहादुर सुनार
केन्द्रीय सदस्य –
खुला युवा महिला – निशा श्रेष्ठ
आदिवासी जनजाती युवा महिला – मन्जु माया तामाङ
मधेशी महिला – अमृता कुमारी देवी
दलित के.स. युवा – हिक्मत वि.क. थारु महिला – गीता थनेत