Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मुख्यमन्त्री लामा युएई प्रस्थान, श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी

नुवाकोट पुकार २९ माघ २०८१, मंगलवार १८:५०

हेटौँडा, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङ एक सम्मेलनमा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुभएको छ। युनाइटेड अरब इमिरिटेस (युएई)को आयोजनामा दुबईमा हुने वल्र्ड गभर्मेन्ट समिट २०२५ मा सहभागी हुन मुख्यमन्त्री लामा पमङ्गलबार त्यसतर्फ प्रस्थान गर्नुभएको मुख्यमन्त्रीको कार्यालयले जनाएको छ।

मुख्यमन्त्रीका निजी सचिव संयोग बस्नेतले मुख्यमन्त्री लामा आगामी फागुन ३ गतेसम्म दुबईमा रहनु हुने र सम्मेलन अवधिमा प्यानल छलफलमा सहभागी हुने जानकारी दिनुभयो।

मुख्यमन्त्री लामालाई बिदाई गर्न प्रदेश सरकारका मन्त्री प्रकाश श्रेष्ठ, किरण थापा, प्रेमभक्त महर्जन, मदुकुमार श्रेष्ठ र मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार विनोद शाह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो। मुख्यमन्त्री लामाका साथ मुख्यमन्त्रीमा प्रमुख स्वकीय सचिव छत्र लामा भ्रमणमा हुनुहुन्छ। 

यसैबिच मुख्यमन्त्रीको अनुपस्थितिमा प्रदेशका कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठलाई कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ।

बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मुख्यमन्त्री लामाको सिफारिसमा मन्त्री श्रेष्ठलाई बुधबारदेखि लागु हुने गरी मुख्यमन्त्री फर्की नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्री तोक्नुभएको प्रदेश प्रमुखको कार्यालयले मङ्गलबार विज्ञप्ति जारी गर्दै जनाएको छ

Continue Reading

Previous: अन्ततः कानुनीरूपमै अलग भए एलिना र विष्णु
Next: भूमि आयोग रसुवा र धादिड.मा एक एक सदस्य नियुक्त

सम्बन्धित समाचार

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७
प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

२५ असार २०८२, बुधबार ०८:११
बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

बागमती प्रदेशका पहाडीसहित केही स्थानमा वर्षातको सम्भावना

२५ असार २०८२, बुधबार ०८:०९
विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

विपद्बाट जोगिन सचेत बनौं (सम्पादकीय)

२५ असार २०८२, बुधबार ०८:०५

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार