
काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले दोस्रो चरणमा २६ जिल्लाका भूमि समस्या समाधान आयोगको जिल्ला समितिमा ३९ जना सदस्य नियुक्त गरेका गर्नुभएको छ ।
मंगलबार थपिएका ३९ सदस्य मध्ये अधिकारीले धादिड.मा निलकण्ठ नगरपालिका वडा नं ५ का कृष्णमणि नेपाल र रसुवामा गोसाईकुण्ड गाउँपालिकाकी बुटी तमाड.लाई नियुक्त गर्नुभएको छ । नुवाकोटमा भने दुई जना सदस्य नियुक्त गरिसकिएको छ । एकजना सदस्य नियुक्त हुन बाँकी छ । अध्यक्षमा कांग्रेस नेता अर्जुन न्यौपाने नियुक्त भैसक्नु भएको छ ।
केन्द्रमा राष्ट्रिय भूमि समस्या समाधान आयोग र जिल्लास्तरमा एकजना अध्यक्ष, विज्ञ र महिलासहित तीनजना सदस्य रहने व्यवस्था रहेको छ । मंगलबार ३९ जनालाई सदस्य पदमा नियुक्त गरिएको छ । अब ९१ जना सदस्य नियुक्त गर्न बाँकी रहेको जनाइएको छ ।