Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

स्वास्थ्य उपकरण खरिदका सम्बन्धमा मन्त्रीको संलग्नता हुँदैन : मन्त्रालय

नुवाकोट पुकार ३० माघ २०८१, बुधबार १८:३५

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक खरिदमा मन्त्रीको कुनै भूमिका नरहने प्रष्ट पारेको छ । 

स्वास्थ्य सेवा विभागबाट खरिद प्रक्रियामा रहेको स्वास्थ्य उपकरणमा मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेललाई जोडेर केही अनलाइन मिडियामा अनावश्यक रुपमा जोडिएको जारी प्रेस विज्ञप्तिमा छ । 

प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीद्वारा जारी विज्ञप्तिमा खरिद गर्ने कार्यमा सम्बन्धित विभागीय प्रमुखकै जिम्मेवारी रहने सार्वजनिक खरिद ऐनको व्यवस्था उल्लेख गर्दै कानूनको पालना नभएको अवस्थामा सम्बन्धित कर्मचारीहरू नै जिम्मेवार रहने कुरा बेवास्ता गरी मन्त्री तथा पदाधिकारीलाई निराधार आरोपमा निहित स्वार्थपूर्तिका लागि निरन्तर समाचार प्रकाशन हुनु पत्रकारिताको सिद्धान्त, मर्म र भावना विपरीत रहेको छ । विज्ञप्तिमा केही समययता मन्त्रालयले थालेका सुधारका कामलाई ओझेलमा पार्ने र आम जनमानसमा भ्रम पैदा गर्ने काम भएको ठहर गरिएको छ । 

विज्ञप्तिमा पत्रकारिताको सिद्धान्तअनुसार वास्तविकता, सन्तुलन र विश्वसनीयताका आधारमा तथ्य र प्रमाणसहित पत्रकारिता गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गर्दै गैरजिम्मेवारपूर्ण समाचारमा विश्वास नगर्न विज्ञप्तिमार्फत सबैलाई अनुरोध गरिएको छ । 

यसैबीच, स्वास्थ्य सेवा विभागले समेत एक विज्ञप्ति जारी गर्दै सार्वजनिक खरिदको प्रक्रिया नै पूरा भई नसकेको अवस्थामा यसलाई प्रभावित पार्ने गरी गलत समाचार प्रकाशन भएको भन्दै नियमानुसार नै प्रक्रिया अघि बढिरहेको उल्लेख गरेको छ । 

Continue Reading

Previous: यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय (सूचीसहित)
Next: जनतालाई निष्पक्षरुपमा छिटो सेवा दिन निजामती कर्मचारीलाई प्रधानमन्त्रीको आग्रह 

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार