
विदुर । नुवाकोट जिल्लामा माओवादीले जितेका ४ पालिकाले भोलि जनयुद्ध दिवसका अवसरमा सार्वजनिक बिदा दिएका छन् । माओवादीले २०५२ सालमा फागुन १ गतेदेखि जनयुद्ध सुरु गरेको थियो । माओवादी सत्तामा आएपछि उसले जनयुद्ध दिवस मनाउन थालेको हो । सोही अवसरमा माओवादीलेमेयर जितेको बेलकोटगढी नगरपालिकाले बुधबार नगरसभा भएको र बिहिबार जनयुद्ध दिवस समेत परेको भन्दै बिदाको सूचना जारी गरेको छ ।
बेलकोटगढीमा माओवादीबाट मेयरममा जगत हुनुहुन्छ । बेलकोटगढी नगरपालिकाले कार्यपालिका बैठक नबरी निर्णय लिएको विषयमा उपमेयरसहित नेपाली कांग्रेसबाट निर्वाचित वडा अध्यक्षहरुले भने विरोध जनाएका छन् ।
नुवाकोट पुकारसँगको संक्षिप्त प्रतिक्रियामा उपमेयर शिवप्रसाद दाहालले भन्नुभयो, यो कार्यपालिका बैठक बसेर निर्णय भएको होइन, प्रकाशकिय अधिकृत जीले सूचना जारी गर्नुभएछ । कसरी आयो भनेर हामी वडाअध्यक्षहरु सहित छलफल गर्दैछौं, त्यसपछि प्रतिक्रिया दिनेछु । यस्तै पञ्चकन्या, दुप्चेश्वर र ककनी गाउँपाकिाले पपनि जनयुद्ध दिवका अवसरमा भन्दै सार्वजनिक बिदा दिएका छन् । स्मरणीय छ पञ्चकन्यामा माओवादीका रमेश लामा, ककनीमा माओवादीका सजन लामा र दुप्चेश्वर गाउँपालिकामा शंकर थापा अध्यक्ष हुनुहुन्छ ।
तर मेयर जगत लामाले भने नगरसभाको बैठकबाट नै निर्णय गरेको जानकारी दिनुभयो । नुवाकोट पुकरासँग भन्नुभयो, नगरसभाको अध्यक्ष म हु मैलै प्रस्ताव गरे, सबैले सहमति जनाउनुभयो, अनि निर्णय गरिएको हो ।
माओवादी नेतृत्वको सरकार भएका बेला जनयुद्ध दिवसका अवसरमा बिदा दिने निर्णय गरिएको भएपनि पछि केपी ओली नेतृत्वको सरकारले हटाएको छ । सर्वोच्च अदालतले नै बिदा नदिन भनेको थियो एउटा पार्टीले युद्ध सुरु गरेको दिनलाई पनि सार्वजनिक बिदा दिनु गलत भएको भन्दै तत्कालिन अवस्थाा बिदा हटाइएको भएपनि स्थानीय सरकारहरुले आफ्नो अधिकार प्रयोग गर्दै बिदा दिएका छन् ।
स्थानीय सरकारले दिएको बिदाका विषयमा पनि सार्वजनिक रुपमा आलोचना भने भएको छ । माओवादीले आफ्ना पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई राष्ट्यि स्तरमा यस्तो सकुलर्र जारी गरेको बुझिएको छ ।



