
चौघडा । नेपाल किसान महासंघ नुवाकोट क्षेत्र नम्बर १ तथा सोही क्षेत्र अन्तर्गत प्रदेश “क” र “ख” को अधिवेशन सम्पन्न भएको छ। लिखु गाउँपालिका, चौघडास्थित क्षेत्रपाल माध्यमिक विद्यालयमा सम्पन्न अधिवेशनले सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको किसान महासंघ नुवाकोटका अध्यक्ष अजय पाठकले जानकारी दिएका छन् । अध्यक्ष पाठकका अनुसार क्षेत्र नम्बर १ मा अग्नि कुमार मिश्रको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन भएको छ।
त्यस्तै, प्रदेश “क” मा विश्वनाथ मैनाली र प्रदेश “ख” मा नारायणप्रसाद पाण्डेको नेतृत्वमा ११ सदस्यीय कार्यसमिति चयन गरिएको छ । नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति ध्रुव श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पञ्चकन्या गाउँपालिकाका नेपाली कांग्रेस सभापति माधवप्रसाद खनाल, नेपाल किसान महासंघ नुवाकोटका अध्यक्ष अजय पाठक, किसान संघका जिल्ला उपाध्यक्ष गोपाल खनाल, दुप्चेश्वरका नेता रमेश आचार्य, पञ्चकन्या १ का वडाध्यक्ष महानन्द ढकाल, अर्का वडाध्यक्ष माधवप्रसाद सिटौला, रामशरण श्रेष्ठ, बलराम कार्की , महासमिति सदस्य सरस्वती मल्ल श्रेष्ठ, महाधिवेशन प्रतिनिधि उपेन्द्र मिश्र, क्षेत्रीय सभापति अग्निकुमार मिश्र लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
।कार्यक्रममा अध्यक्ष पाठकले नेपाली कांग्रेसका किसान संघको अधिवेशन हुन बाँकी रहेका स्थानीय तह र क्षेत्र प्रदेशमा पनि अब छिट्टै नै अधिवेशन हुने जानकारी दिए ।
आफू तदर्थ समितिको अध्यक्ष रहेको उल्लेख गर्दै पाठकले छिट्टै निर्वाचित कमिटीलाई जिल्लाको अधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने र दायित्व पूरा गर्ने प्रतिबद्धता व्यक्त समेत व्यक्त गरेका छन् ।यस्तै महासंघले क्षेत्र नं २ को क्षेत्र तथा प्रदेशको अधिवेशन गर्ने तयारी गरिएको अध्यक्ष पाठकले जानकारी दिए ।