
शुकदेव दाहाल
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटन् केही दिनअघि उहाँ निकटका नेताहरु बुढानिलकण्ठ पुगेका थिए । मुख्य त महाधिवेशनलाई नै केन्द्रमा राखेर देउवासँग भावी नेतृत्वका विषयमा छलफल गर्न कृष्ण सिटौलाको नेतृत्वमा पुगेका कांग्रेसका नेताहरु पुर्णबहादुर खड्का,डा. शशांक कोइराला,गोपालमान श्रेष्ठ,प्रकाशमान सिंह, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत,एनपी साउद लगायतका नेताहरुसँग सभापति देउवाले नेतृत्व कसले गर्ने भन्दा पनि महाधिवेशन ०८२ मा हुन नसक्ने संकेत गरेपछि कांग्रेसभित्र महाधिवेशनको विषय थप पेचिलो बन्दै गएको छ । पार्टीका महामनत्री गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले पार्टीको महाधिवेश ०८३ भित्रै अर्तात २०८२ मंसिर २८ गतेपछि हुनुपर्ने र हुने दावी गर्दै आउनु भएको छ
। महामन्त्रीद्धयले कुनै पनि बहानामा कांग्रेस महाधिवेशन नसर्ने दावी गरिरहेका बेला सभापति देउवाको एउटा सामान्य संकेतले कांग्रेस महाधिवेशन अब ०८२ मा हुने सम्भावनाको ढोका बन्द जसतै हुने देखिएको छ । यसले कांग्रेसभित्र मात्रै तरंगित बनाएको छैन । राष्ट्यि राजनीतिलाई नै तरंगित बनाएको छ ।
नेपाली कांग्रेसको १३ औंँ महाधिवेशन २०८७ साल मंसिर २५ देखि २८ सम्म राजधानीमा सम्पन्न भएको थियो । महाधिवेशनबाट सभापतिमा दोस्रो कार्यकालका लागि देउवा निर्वाचित हुनुभयो । सत्तासँगै राजनीतिका पाका खेलाडीका रुपमा रहेका देउवाले पहिलो पटक रामचन्द्र पौडेललाई हराउनु भएको थियो भने दोस्रो पटक डा. शेखर कोइरालाई हराउँदै सभापति बन्नुभयो । तर १५ औं महाधिवेशनमा भने देउवाका लागि त्यो अवसर छैन । पार्टीको विधानले गर्दा पनि उहाँ सभापति बन्ने अवस्था छैन । तर यो भन्दा पनि महत्वपुर्ण अन्य दुई ओटा विषयका कारण कांग्रेसमा ०८२ मा महाधिवेशन हुने अवस्था छैन । फेरि एक वर्ष थप गर्न कुनै बाधा अवरोध नहुने हुनाले महाधिवेशन गरिहाल्नुपर्ने बाध्यता देउवामा छैन ।
महाधिवेशनलाई पर सार्दा उहाँका लागि केही फाइदाहरु हुनेछन् । पहिलो कुरा सभापति देउवाका लागि २०८३ मा कुनै अर्को परिस्थिति सिर्जना नभएको खण्डमा सत्ता प्राप्त हुने अवस्था छ । नेपाली कांग्रेस एमालेबीच भएको सात बुँदे सहमति अनुसार ०८३ मा प्रधानमन्त्री ओलीले सत्ता सभापति देउवालाई हस्तान्तरण गर्ने लिखित सहमति नै भएको छ । ०८३मा सत्ता लिनका लागि ०८२ मा महाधिवेशन गरिएयो भने आउने नेतृत्वले त्यो अवसरलाई कायम राख्न सक्ला या नसक्ला त्यो अरुकोमा भर पर्नुपर्ने बाध्यता आउने छ । त्यसकारण सभापति देउवाले आफ्ना लागि ०८२ महाधिवेशन गर्ने उपयुक्त समय होइन भन्ने बुझ्नु भएको छ
। अर्कोतर्फ देउवाको उदेश्य आफ्नो अस्तित्वलाई सहज रुपमा स्वीकार गर्ने र निकटका नेताहरुको राजनीतिक भविष्य सुरक्षित गरिने इच्छा भने पक्कै रहेको छ । यसका लागि देउवा उपयुक्त समयको पर्खाईमा रहनु भएको बुझिन्छ । यसका लागि पनि महाधिवेशनको मिति चिना हेरेरै घोषणा हुनसक्ने अवस्था छ । राजनीतिको अगाडि र पछाडिको बाटोलाई समेत राम्रोसँग बुझ्न सक्ने क्षमताका धनी सभापति देउवाले सभापतिमा कसलाई सहयोग गर्ने कुरामा समान्य संकेत पनि गर्नुभएको छैन । उहाँलाई भेटन्ने नेताहरुले शेखर र गथन मात्रै सभापतिको उम्मेदवार बन्ने चर्चा सुरु भएको भन्दै आफ्नो टिमको उम्मेदवारको हुने भन्ने प्रश्न राखेका थिए । तर देउवाले कुनै संकेत गर्नुभएन । अर्को कुरा महाधिवेशन सयमा नै गर्ने भन्नेहरुलाई पनि उहाँले कुनै नकारात्मक जवाफ दिनुभएको छैन ।
समय र परिस्थितिले कांग्रेस महाधिवेशन पर जाने निश्चित भैसकेको छ । पार्टीको क्रियाशिल सदस्य यो समयसम्म पनि वडा तहमा नै थन्किएको छ । नयाँ त वितरण सूरु भएको नै छैन । क्रियाशिल सदस्य केन्द्रमा आउने बेलासम्म कति विवाद सिर्जना हुने हुन् त्याको लेखाजोखा नै छैन् । अनि यि सबै कुरालाई बाहिर राखेर महाधिवेशन समयमा गारैं भन्नेहरुका लागि नै भोलि आफ्नो बोली आफैलाई भारी हुने अवस्था छ । तर पनि कांग्रेसमा ०८२ मा महाधिवेशन नहुने भो भन्ने राजनीतिक तरंगले भने अबको केही समय नेपाली राजनीतिलाई हल्लाउने भने निश्चित रहेको छ ।