Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

प्रजातन्त्र दिवस र अबको हाम्रो जिम्मेवारी(सम्पादकीय)

नुवाकोट पुकार ७ फाल्गुन २०८१, बुधबार १०:४०

आज फागुन ७ गते ७४ औंँ प्रजातन्त्र दिवस परेको छ । देशमा १०३ वर्षीय जहानियाँ राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएको दिन हो । नेपाली जनताका लागि आजको दिन साच्चिकै एक ऐतिहासिक दिनमा रुपमा परिचित छ । २००७ सालमा राणा शासनको अन्त्य गर्दै प्रजातन्त्र स्थापना भएसँगै नेपाली नागरिकले आफ्नो स्वतन्त्रताको उपभोग गर्न पाएका थिए । अझ भनौं जनता रैतीबाट नागरिकको रुपमा स्थापित भएका थिए । देशलाई यो अवस्थामासम्म ल्याउन आफ्नो ज्यानको बलीदानी दिनुहुने ज्ञात अज्ञात सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दछौंँ ।


मुलुकमा प्रजातन्त्र प्राप्ति भएसँगै देशले एक प्रकारको शान्तिको स्वास फेर्न पाएको थियो । ००७ सालमा प्रजातन्त्र आएपनि जनताद्धारा आफ्ना जनप्रतिनिधिमार्फत् शासन सत्ता प्राप्त गर्नका लागि अर्को ८ वर्ष कुर्नु परेको थियो । १०१५ सालमा भएको आम निर्वाचनपछि नेपाली कांग्रेसका संस्थापक नेता वीपी कोइरालाको नेतृत्वमा जननिर्वाचित सरकार गठन भयो । उक्त सरकारले दुई वर्ष काम गर्दै गर्दा जनताका पक्षमा गरेका कामहरु आज पनि इतिहासमा उत्तिकै महत्वपूर्ण रुपमा दर्ज भएका छन् । जनताको शासनलाई फेरि तत्कालिन राजा महेन्द्रले शाही शासनमार्फत ,कु,गर्दै फेरि एकदलीय व्यवस्थामा फर्काएपछि भने देश पुन ः पछाडि फर्कियो ।

जनताको बलीदानीबाट फेरि २०४६ सालमा प्रजातन्त्र स्थापना भयो । ०४६ पछिका दिनमा आएका अनेक उतारचढावपछि पनि जनातले आफ्नो संघर्षलाई निरन्तरता दिँदै देश आज लोकतान्त्रिक गणतान्त्रिक मुलुकको रुपमा अघि बढिरहेको छ । जनताले आफूलाई सार्वभौम नागरिकका रुपमा उभिन पाएका छन ्। यो हाम्रा गौरवको कुरा हो ।


देशले संवैधानिक र राजनीतिक रुपमा विश्वको उत्कृष्ट व्यवस्थाको अनुभूति गरिरहेको छ । जनता सार्वभौम नागरिकका रुपमा छन् । नागरिक स्वतन्त्रता भरपुर मात्रामा उपयोग हुँदै आएको छ । तर यति हुँदा हूँदै देश आर्थिक रुपमा सम्पन्न हुन सकेन भने ति अधिकारहरु पनि हाम्रा लागि अभिसाप बन्न सक्ने अवस्था आउँदो रहेछ । भलै हामी त्यो अवस्थामा त छैनौंँ । तर जनताले लोकतन्त्रमार्फत आफूलाई शुखी र समृद्ध बनाउने परिकल्पना जसरी हिजो गरेका थिए त्यो पूरा हुन सकेको छैन । देश जुन ढंगले अघि बढ्नु पर्ने हो त्यो हुन सकिरहेको छैन ।

आम युवामा देशमा केही गर्न सकिन्छ भन्ने विश्वास पलाउन सकेको छैन । सुशासन र भ्रष्टाचारले जरा गाडेको छ । गरिबी र बेरोजगारीको संख्या बढिरहेको छ । ९० प्रतिशत कृषि क्षेत्रको रुपमा रहेको हाम्रो देश आज २२ प्रतिशत मात्रै कृषिका लागि प्रयोग हुन थालेको अवस्था छ । हरेक कुरामा परनिर्भर हुनुपर्ने स्थिति बनिरहेको छ । यसले जनातमा लोकतन्त्रप्रतिको विश्वास डग्माउँदै जान थालेको अवस्था छ ।

यो अवस्थाकाबीच हामीले अब सामूहिक एकताको भावनाकासाथ केही गराँैं भन्ने इच्छाशक्ति देखाउन जरुरी छ । त्यो पनि मुख्य रुपम राजनीतिक तह र कर्मचारी तन्त्रबाट । तबमात्रै देशले सहि गन्तव्य समाउन सक्छ । प्रजातन्त्र दिवसका अवसरमा हामी सबैले देश बनाउने कुरामा आआफ्नो तर्फबाट प्रण गरौँ । ७४ औंँ प्रजातन्त्र दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना ।

Continue Reading

Previous: कांग्रेसमा देउवाको सन्देशले ल्याएको तरंग
Next: बागमती प्रदेशमा हिमपातको सम्भावना

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार