
काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको रुपमा रहेको नेपाल प्रेस युनियन केन्द्रीय समितिको आयोजनामा २०८१ फागुन ५ गते प्रदेश अध्यक्षहरूको र फागुन ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनबाट विभिन्न निर्णयहरु गर्दै घोषणापत्र सार्वजनिक गरेको छ ।
काठमाडांैको पवित्र धार्मिक स्थल शालीनदी किनार साँखुमा अध्यक्ष शिव लम्सालको अध्यक्षतामा सम्पन्न भएको सम्मेलनले नेपाल प्रेस युनियनका सांगठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेशागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चार क्षेत्रमा थपेका चुनौती, सञ्चारसँग सम्बन्धित ऐन, कानुन, सञ्चार माध्यमका समस्या लगायतका विषयमा घनिभूत छलफल गरी १२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको महासमित दिलिप पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
यस्ता छन् घोषणापत्रमा उल्लेख गरिएका विषयहरु
१ नेपाल प्रेस युनियनका केन्द्र, प्रदेश र शाखाहरूको सांगठनिक गतिविधि वृद्धि गर्दै संगठनलाई थप गतिशील बनाउन प्रेस युनियनका सबै प्रदेश समिति तथा शाखाहरू प्रतिवद्धता व्यक्त गर्दछन् । साथै, महासचिव दिलीप पौडेलद्वारा प्रस्तुत सांगठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग संयोजक प्रेम केसीद्वारा प्रस्तुत अनुशासन समितिको प्रतिवेदन पारित गर्दै सम्मेलनले दिएको सुझावका आधारमा केन्द्रीय समितिले तयार गर्ने कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा गर्दछ ।
२ नेपाल प्रेस युनियनको सदस्यतालाई थप व्यवस्थित गर्दै युनियनको विधानमा भएको व्यवस्था अनुसार क्रियाशील पत्रकारलाई समावेश गरेर सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने र प्रदेश तथा शाखाहरूले वैशाख मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने घोषणा गर्दछ ।
३ श्रमजीवि पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, नियमित पारिश्रमिक भुक्तानी, पत्रकारको पेशागत, भौतिक, आर्थिक, सामाजिक सुरक्षालगायतका विषयमा सरकार तथा सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै आवश्यकता अनुसार युनियनका सबै संरचनाले दबाबमूलक अभियान अघि बढाउने घोषणा गर्दछ ।
४ सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्न सरकारले ल्याउने तयारी गरिरहेको ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा गम्भीर असहमति छ । विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकारवालासँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चित हुनुपर्ने भएकाले विधेयक फिर्ता लिन माग गर्दछ ।
५। प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाबारे ध्यानाकर्षण भएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संविधानप्रदत्त अधिकार सुनिश्चित हुने गरी सञ्चारसँग सम्बन्धि नीति, नियम, ऐन, कानुन, नियमावली बनाउन तीनै तहका सरकारसँग जोडदार माग गर्दछ ।
६ मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव विज्ञापन बजारमा परेकाले छापा, टेलिभिजन, रेडियो सञ्चार माध्यम बन्द हुने क्रममा छन् भने अनलाइन सञ्चार माध्यम खोल्ने क्रमले व्यापकता पाएको अवस्थामा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै अनलाइन सञ्चार माध्यमलाई लोककल्याणकारी विज्ञापनमा समावेश गरी विज्ञापनको रकम वृद्धि गर्न आग्रह गर्दछ ।
७ व्यावसायिक पत्रकारिता, पत्रकारको पेशागत सुरक्षा, पत्रकारको क्षमता विकास लगायतका विषयमा केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकारसँग प्रेस युनियन’ अभियानलाई प्रभावकारी बनाउन पत्रकारहरूको क्षमता विकास, पत्रकारिताको विधागत प्रशिक्षण, पत्रकार दुःखसुखमा साथ दिने कार्यक्रम, बिमा, सामाजिक सुरक्षा, पत्रकार प्रोत्साहन तथा लेखनवृत्ति लगायतका कार्यक्रम सबै शाखा र प्रदेश समितिले कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
८ नेपाल प्रेस युनियनको विधान २०४८ ९छैटौं संशोधन–२०७९०लाई समयानुकूल र व्यावहारिक बनाउन विधान संशोधन प्रक्रिया अघि बढाउने घोषणा गर्दछ ।
९ नेपालको पत्रकारिताका मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्दै अन्तर्राष्ट्रिय अभ्यासलाई नेपालमा अनुसरण गर्ने वातावरण सिर्जना गर्न नेपाल प्रेस युनियनले चैत अन्तिम साता आयोजना गर्ने ‘लोमन्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ ऐतिहासिक भएकाले भव्य रूपमा सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गर्दछ ।
१० नेपाल पत्रकार महासंघका कारण सदस्यताबाट छुटेका र छुटाइएका पत्रकारहरूको सदस्यता कायम राख्ने प्रक्रिया तत्काल थाल्न महासंघलाई आग्रह गर्दछ ।
११ नेपालको नामकरणको इतिहास जोडिएको नेमुनी ऋषिको तपस्यास्थल बज्रयोगिनी, स्वस्थानी व्रतकथामा उल्लेख भएको शालीनदी, माधवनारायण तथा साँखु क्षेत्रका मणीचुड, पञ्चमहालक्ष्मी, नारायणीश्वर, कुण्डेश्वर लगायतका धार्मिक, साँस्कृतिक पर्यटकीय क्षेत्र तथा आलु र धान प्रमुख बाली रहेको यस क्षेत्रमा कृषि पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आमसञ्चा मार्फत जोड दिने र यस क्षेत्रका पूर्वाधार विकासका लागि सरकारको ध्यानाकर्षण गर्दछ ।
१२ प्रेस युनियनको प्रदेश तथा शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन सम्पन्न गर्न प्रेस युनियन काठमाडौं, ललितपुर, भक्तपुर, साँखु शाखासहित प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति आभार तथा धन्यवाद व्यक्त गर्दछ ।
दिलीप पौडेल