
विदुर । नेपाली कांग्रेसको भातृ संस्थाको रुपमा रहेको नेपाल किसान महासंघ नुवाकोटको अध्यक्ष अजय पाठक चयन भएका छन् । महासंघको आज जिल्ला सदरमुकाम विदुर सम्पन्न भएको प्रथम अधिवेशनले पाठकलाई अध्यक्षमा सर्वसम्वत चयन गरेको छ । पाठक यसअघि तदर्थ समितिका संयोजक थिए ।
यस्तै अधिवेशनले उपाध्यक्षमा गोपाल खनाल,महिला उपाध्यक्षमा सिलादेवी फुयाँल, सचिवमा अमृत तिवारी,सहसचिवमा हरिकृष्ण अधिकारीलाई चयन गरेको छ । सदस्यहरुमा सरोज लामा,गोकर्ण न्यौपाने,कृष्णप्रसाद ओझा,सेल्करसिंह गुरुड.,गोकर्ण खनाललाई चयन गरेको छ ।

यस्तै सावित्री थापा,श्रीकृष्ण गजुरेल,रामकुमार पाण्डे,माधवप्रसाद भट्ट,सुरेन्द्र तामाड.,विष्णुप्रसाद श्रेष्ठ,रामकृष्ण पाण्डे,जगन्ननाथ नेपाल,रामकुमार बस्नेत,विवा गुरुड.,सुनमाया तमाड.,बद्रीनाथ ढुंगाना,दिपक श्रेष्ठ,अञ्जु तामाड., प्रमिला डंगोल र तारा केसीलाई चयन गरेको छ ।
यसअघि अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले किसान महांसघ किसानहरुको संस्था भएकाले यसले किसानहरुको समस्याका बारेमा बोल्नुपर्ने बताउनुभयो । कांग्रेस किसानहरुको पक्षमा रहेको भन्दै किसानको हक हितका लागि काम गर्ने जनाउनुभयो ।
अध्यक्ष पाठकको सभापतित्वमा भएको कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका पूर्व सभापति धुर्व अधिकारी, कांग्रेस जिल्ला सभापति तथा प्रदेशसभा सदस्य रमेश महत, उपसभापति राजु थापा,सन्तमान तामाड.सचिव श्रीराम श्रेष्ठ,महासमिति सदस्य चोकराज शाक्य, प्रदेश सभापति बैकुण्ठ पाण्डे, कांग्रेस तादीका सभापति नारायण पाण्डे,सहितका अतिथिहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो