Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

मतदाता शिक्षा बढाउन जरुरी छ: प्रमुख निर्वाचन आयुक्त थपलिया

नुवाकोट पुकार ७ फाल्गुन २०८१, बुधबार १६:४८

निर्वाचन दिवसको अवसरमा निर्वाचन आयोगले बुधबार काठमाडौँमा आयोजना गरेको कार्य्रकममा नेपालको निर्वाचन इतिहास सम्बन्धी पुस्तक विमोचन गर्नुहँदै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पदाधिकारहरु।

काठमाडौँ, फागुन ७ गते। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दल र तिनका उम्मेदवार इमानदार नहुँदा निर्वाचन प्रणाली महँगो भएको बताउनुभएको छ। 

नवौँ निर्वाचन दिवस, २०८१ का अवसरमा आज यहाँ आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रमुख निर्वाचन आयुक्त थपलियाले निर्वाचन व्यवस्थापन लागत कम रहे पनि राजनीतिक दल तथा उम्मेदवारले आफूले गर्ने खर्चलाई देखाएर निर्वाचन प्रणाली महँगो भएको भन्ने खराब भाष्य स्थापित गरिरहेको बताउनुभयो। 

“निर्वाचन महँगो भएको भन्ने गलत भाष्य निर्माण गरिन्छ भने त्यो राजनीतिक दल र उम्मेदवारहरुको इमानदारिता माथिको प्रश्न हो। निर्वाचन प्रणाली महँगो भयो भन्ने उम्मेदवारहरुलाई मैले सोध्ने गरेको छु, तिम्रो बेइमानीको खास्टो मेरो प्रणालीमाथि ओढाएर ओभानो हुने दुस्साहस नगर्नु”, उहाँले भन्नुभयो।

निर्वाचनको बेला प्रयोग हुने राज्यसंयन्त्रको इमानदारीमाथि पनि उहाँले प्रश्न उठाउनुभयो। निर्वाचनको मिति घोषणा भएपछि त्यस कार्यमा खटिने राज्य संयन्त्रको परिचालन निर्वाचन व्यवस्थापन गर्ने मुख्य निकायबाटै हुनुपर्ने थपलियाको भनाइ छ। निर्वाचनमा नागरिक सहभागिता बढाउन निर्वाचन शिक्षा र मतदाता शिक्षा बढाउनुपर्ने आवश्यकता पनि उहाँले औँल्याउनुभयो।

“लोकतन्त्र भनेको आफ्ना प्रतिनिधि आफैँ छान्ने मात्र नभई यो मान्छेको जीवनशैली र जीवन पद्धति हो। मतदान गर्नु भनेको नागरिकले आफ्नो अधिकारको आत्मबोध गर्नु हो। यो कर्तव्य बोध गर्नका लागि मतदाता शिक्षा बढाउन जरुरी छ”, थपलियाले भन्नुभयो। नागरिक सचेत भएमा मात्रै निर्वाचन सफल हुने उहाँले उल्लेख गर्नुभयो। आगामी निर्वाचनका लागि मतदाता नामावली दर्ता र अद्यावधिक सम्बन्धित स्थानीय तहबाटै गर्ने व्यवस्था मिलाइने पनि थपलियाले बताउनुभयो। 

त्यस्तै, आफ्नो मतदाता नामावली रहेको क्षेत्रबाट मात्र नभई देशभित्र जुनसुकै स्थानको मतदान केन्द्रबाट पनि मतदान गर्न सकिने व्यवस्था मिलाउन अति आवश्यक रहेको उहाँको भनाइ छ। निर्वाचन व्यवस्थापन तथा सञ्चालनसम्बन्धी कानुन चाँडै बनेर कार्यान्वयनमा आउने विश्वास उहाँले व्यक्त गर्नुभयो। त्यस्तै, निर्वाचनका क्रममा अहिले सामाजिक सञ्जाल र कृत्रिम बौद्धिकताको व्यवस्थापन नयाँ चुनौतीका रुपमा आएको उल्लेख गर्नुभयो।

निर्वाचन आयोगका सचिव भरतमणि सुवेदीले निर्वाचनका क्रममा आयोगको स्वच्छता र निष्पक्षता कायम गर्न सफल भएको बताउनुभयो। निर्वाचन व्यवस्थापनका लागि विधि र पद्धति मा के–कति सुधार आवश्यक छ भनेर समीक्षा गरिनुपर्नेमा पनि उहाँले जोड दिनुभयो।

‘निर्वाचनको प्रभावकारिताः निर्वाचन प्रक्रियामा आम नागरिकको सहभागिता’ भन्ने मुख्य नाराका साथ मनाइएको नवौँ निर्वाचन दिवसका अवसरमा ‘निर्वाचन स्मारिका २०८१’ र ‘नेपालको निर्वाचन इतिहास–३’ पुस्तक विमोचन गरिएको छ। 

त्यस्तै तीनवटा जिल्ला निर्वाचन कार्यालयको नवनिर्मित भवनको उद्घाटन गरिएको छ। दोलखा, स्याङ्जा, डडेल्धुराको जिल्ला निर्वाचन कार्यालयको भवन उद्घाटन गरिएको हो। त्यस्तै, हरेक प्रदेशबाट समान एक जना र आयोगका तीन जना गरी १० जना उत्कृष्ट कर्मचारीलाई पुरस्कृत गरिएको छ।

Continue Reading

Previous: असमानता, गरिबी र भ्रष्टाचारलाई चिरेर सरकार अघि बढ्छ : प्रधानमन्त्री
Next: नेपाल किसान महासंघ नुवाकोटको अध्यक्षमा अजय पाठक चयन

सम्बन्धित समाचार

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८

छुटाउनु भयो कि ?

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

कांग्रेस लुम्बिनीका महामन्त्री खनाल र खोटाङ सभापति राई पार्टीबाट निष्काशित(कारबाहीको पत्रसहित)

२५ असार २०८२, बुधबार १८:०६
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ

२५ असार २०८२, बुधबार १७:५४
भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

भोटेकोशीमा आएको बाढी र क्षतिबारे गृहमन्त्रीद्वारा सदनलाई जानकारी

२५ असार २०८२, बुधबार १६:४८
कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

कांग्रेस बलियो बनाउने सूत्र खोजौंं

२५ असार २०८२, बुधबार ०८:१७

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार