
विदुर । भूमि समस्या समाधान आयोग, नुवाकोट जिल्ला समितिको सदस्य पदमा माधव रिजाल नियुक्त भएका छन् ।
कांग्रेस निटक रिजालाई भूमि समस्या समाधान आयोग गठन आदेश, २०८१ को दफा ८ को उपदफा ९१० को खण्ड (च) अनुसार, मन्त्रीस्तरको मिति २०८१।११।०८ को निर्णयानुसार नियुक्त गरिएको हो । बिदुर नगरपालिका २ निवासी रिजाल विद्यार्थी राजधानी हुँदै कांग्रेसमा सक्रिय छन् ।
उनलाई कांग्रेस नेता अर्जुननरसिंह केसीको सिफारिसमा नियुक्त गरिएको छ । आयोगको अन्य दुईजना सदस्यमा नेकपा एमालेका जिल्ला नेताहरू नारायण घिमिरे र कल्पना पाण्डे रहेका छन् ।
