Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

नुवाकोट प्याब्सनद्धारा विद्यालय सञ्चालकहरुलाई अभिमुखीकरण तालिम सञ्चालन

नुवाकोट पुकार १३ फाल्गुन २०८१, मंगलवार ०९:३६ 1 min read

विदुर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) नुवाकोटले आफ्ना सदस्य विद्यालयका संस्थापक, संचालक तथा गुठियारहरुका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा प्याब्सन जिल्ला अध्यक्ष पुरुषोत्तम अधिकारीको अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डि. के. ढुंगाना ज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रम राष्ट्रिय अध्यक्ष डि. के. ढुंगाना ज्यू बाट सांगठनिक प्रशिक्षण सहितको प्रस्तुति, आचार्य श्री महेन्द्र वशिष्ठद्वारा योग र ध्यान सहितको आध्यात्मिक प्रस्तुति, केन्द्रीय उपाध्यक्षहरु कृष्णप्रसाद अधिकारी र कुमार घिमिरे बाट शुभकामना मन्तव्य र कर सेवा कार्यालय गल्छीका कर अधिकृत लक्ष्मी खड्काले विद्यालय कर सम्बन्धि अत्यावश्यक जानकारी सहितको प्रस्तुति दिनु भएको थियो ।

यस्ता कार्यक्रमहरुबाट विद्यालय संस्थापक, सञ्चालक तथा गुठियारहरुका लागि पनि प्याब्सन प्रतिको अपनत्व बोध हुने र हरेक विद्यालयहरुलाई व्यवस्थापनका लागि थप सहजता ल्याउने अपेक्षा गरिएको अध्यक्ष अधिकारीले वताउनु भयो ।
हालै सम्पन्न प्याब्सन वागमती प्रदेश अधिवेशन बाट नव निर्वाचित प्रदेश कार्यसमिति र प्रदेश भित्रका १३ वटै जिल्लाका अध्यक्षहरुलाई सम्मान समेत गरिएको थियो ।

प्याब्सन नुवाकोटको ९ ओैं अधिवेशन बाट निर्वाचित कार्यसमितिले यस अघि पनि विद्यार्थीहरुका लागि प्याब्सन भन्ने अभिप्रायले एस. इ. इ. तयारी गरिरहेका विद्यार्थीहरुलाईMotivational Counseling (उत्प्रेरणा मुलक परामर्श ) कार्यक्रम सञ्चालन गरिसकिएको र आगामी दिनमा शिक्षक–कर्माचारी र अभिभावक केन्द्रित कार्यक्रमहरु सञ्चालन र निरन्तरता दिइने कुरा अध्यक्ष पुरुषोत्तम अधिकारीले बताउनु भयो ।

Continue Reading

Previous: चर्च ब्वाइज बन्यो बागमती गोल्डकपको च्याम्पियन
Next: माओवादी केन्द्रको केन्द्रीय अभियान टोली मोरङमा

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार