Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीको तयारी पूरा

नुवाकोट पुकार १३ फाल्गुन २०८१, मंगलवार १६:०६

काठमाडौं, फागुन १३ गते । महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करीव १३ सय जनशक्ति परिचालन गरेको छ ।

शिवरात्रिको दिन स्वेदश तथा विदेशबाट पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुलाई सहज रुपमा दर्शन गर्ने वातावरण मिलाउन सशस्त्र प्रहरी बल नेपालले सिनामंगलस्थित  नं. २० विपद् उद्वार गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक शैलेश श्रेष्ठको कमाण्डमा फागुन १३ गते मङ्गलबार १० बजेदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ । मेलाको ओभरल कमाण्ड नं. ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौंले गर्नेछ ।

सशस्त्र प्रहरीका डिएसपी एवम् सहप्रवक्ता शैलेन्द्र थापाले उपत्यकास्थित सशस्त्र प्रहरी बल नेपालको विभिन्न कार्यालयहरुबाट एक सिफ्टमा ती सयभन्दा बढी सशस्त्र प्रहरीको सुरक्षा फौज परिचाल हुने जानकारी दिनुभयो ।

महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुको सुरक्षा र आसपासका क्षेत्रहरुमा हुनेसक्ने आपराधिक क्रियाकलापहरु रोक्न सादा पोशाकमा समेत सशस्त्र प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो । सादा पोशाकमा परिचालन भएका सुरक्षाकर्मीले त्यस क्षेत्रमा भएका कामकारवाहीहरुको सुक्ष्म रुपले खबर सङ्कलन गर्नेछ ।

त्यसैगरी, आवश्यक परेको समयमा थप मद्दतका लागि नं. १९ बगलामुखी विशेष कार्यदल गण हलचोकमा ३ प्लाटुन सुरक्षा फौज जुनसुकै बेला परिचालन हुन सक्ने गरि तयारी हालतमा राखिएको छ । मेला अवधिभर भक्तजनहरुको सहजताका लागि सशस्त्र प्रहरी बल नेपालले खाने पानी तथा घुम्ती शौचालयको समेत व्यवस्था गरेको छ । 

त्यस्तै सशस्त्र प्रहरी बल नेपालले नेपाल एपीएफ अस्पतालका स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको छ । हेल्थ डेस्कबाट चार जना चिकित्सकसहित २५ जनाले मेला अवधिभर स्वास्थ्य सेवा प्रदान गर्नेछन् भने नं. २० विपद् उद्धार गणमा विपद् व्यवस्थापन तालिम प्राप्त १५ जनाको टोली आवश्यक सामग्रीसहित तत्काल परिचालन हुनसक्ने गरी तयारी हालतमा राखिएको छ ।

Continue Reading

Previous: यस्ता छन् मन्त्रीपरिषद् बैठकका निर्णय
Next: महाशिवरात्रीमा बबिना भट्टराईको ‘जय जय शम्भु ‘ भजन सार्बजानिक

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार