Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

सवारी दुर्घटना बढेपछि त्रिशुली -छहरे – टोखा सडकमा टाइमकार्ड लागू

नुवाकोट पुकार १४ फाल्गुन २०८१, बुधबार १६:२४ 1 min read

विदुर । त्रिशुली -छहरे – टोखा -काठमाडौं सडक खण्डमा संचालन हुने सार्वजनिक यातायातका साधनका लागि टाइम कार्ड लागू गरिएको छ । उक्त सडक खण्डमा सार्वजनिक यातायतहरु बढि दुर्घटनामा पर्ने थालेपछि जिल्ला प्रशासन कार्यालय नुवाकोटको टाइमकार्ड लागू गरेको छ ।

जिल्ला प्रशासन कार्यालय नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाईले आज बुधबार जारी गर्नुभएको विज्ञप्ति अनुसार फागुन १५ बिहीबारदेखि लागू हुनेगरि टाइमकार्ड निर्धारण गरिएको छ । कार्यालयले सडकको क्षमता र प्रकृति अनुसार टाइमकार्डको सिमाभित्र रहि सञ्चालन गर्न गराउनका लागि समेत आग्रह गरेको छ । कार्यालयले जारी गरेको सूचना अनुसार फागुन १२ गते यातायात व्यवसहायीसहित सम्बन्धित पक्ष र सरोकारवालासँगको बैठकपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।

सूचनामा टाइको समय उल्लेख नगरिएको भएपनि जिल्ला टफिक कार्यालयका नुवाकोटका अनुसार उक्त सडकलाई दुई खण्डमा विभाजन गरिएको छ । जसअनुसार पहिलो खण्डमा ढिकुरे देखि छहरे र दोस्रो छहरेदेखि गुज्रे रहेको छ । सो अनुसार ढिकुरेबाट छहरेसम्म ५.४ किमीका लागि २० मिनेट र छहरेबाट गुज्रे १९.७ किमि लागि ५० मिनेट निर्धारण गरिएको छ । पछिल्लो समय नुवाकोट, काठमाडौंका लागि सहज र छोटो बाटोमा रुपमा उक्त सडकलाई लिने गरिन्छ ।

काठमाडौंको सामाखुशीबाट ५४ किलोमिटरको यात्रापछि नुवाकोटको गंगटे पुग्न सकिन्छ । नुवाकोट प्रवेशका लागि यो सबैभन्दा छोटो बाटो हो । बाटोको अवस्था साँघुरो र घुम्ती बढि भएकाले द्रुत गतिमा सवारीसधान सञ्चालन भए दुर्घटनाको सम्भावना बढि हुने गरेको छ । सोही कारण पटक पटक दुर्घटना हुँदै आएको छ । पछिल्लो समय उक्त सडकमा ईभी गाडी बढि चल्ने गरेको छ ।

इभी गाडीका कराण बसहरु भने बिस्थापित जस्तै भएको छ । नुवाकोट जिल्लामा पासाड.ल्हामु यातायात प्रालि, टिमुरे यातायत, त्रिशुली यातायात र नेपाल माइक्रो कम्पनीले सार्वजनिक यातायातको अनुमति लिएर सञ्चालन गर्दै आएका छन् ।सवारीसाधानहरु समयमा गन्तव्यमा पुगे नपगेको विषयमा भने टफिक प्रहरीले निगरानी गर्ने बताइएको छ । पछिल्लो समय उक्त सडकबाट दैनिक तीनह जार भन्दा सवारीसाधान ओहोर दोहोर गर्ने अनुमान गरिएको छ ।

Continue Reading

Previous: विश्वका मुलुकहरुले अंगालेका राजनीतिक प्रणालीपछिको विकास र हामीले सिक्नुपर्ने पाठ
Next: राष्ट्रपति पौडेलद्वारा पशुपतिनाथमा पूजाआराधना एवं दर्शन

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार