
१६ फागुन, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाउनु भएको छ । आज शुक्रबार अपराह्न ४ बजे सभापति देउवा निवास बुढानीलकण्ठमा बैठक बस्ने सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
बैठकका लागि पदाधिकारी र पूर्वपदाधिकारीका लागि बैठकका लागि बोलाइएको छ । बैठकमा संसदमा पेश भएका विधेयकहरुलाई छिटो प्रक्रियामा लाने विषयमा छलफल हुने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ।बैठकका थप एजेण्डामा भ्रातृ संस्थाहरुको अधिवेशन समेत छ ।
कांग्रेसले चैत महिनाभित्र अधिवेशन गराउन सबै तदर्थ समितिमा रहेका भ्रातृ संस्थालाई निर्देशन दिएको छ । बैठकमा जारी भएका अध्यादेश पारित गराउने बारेमा पनि छलफल हुने जनाइएको छ । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले जारी गरेका ६ अध्यादेशलाई संसदको प्रक्रियामा लगिएको छैन ।