
जिलिड. । जिल्लाको बेलकोटगढी नगरपालिकास्थित जिलिड.८ मा रहेको कल्याणीदेवी माध्यमिक विद्यालयको व्यवस्थापन समितिको निर्वाचनमा नेकपा एमाले समर्थित चार जना उम्मेदवार भएका छन् । आज भएको विद्यालय व्यवस्थापन समितिको निर्वाचनमा एमाले निकट उम्मेदवारहरु विजयी भएका हुन । यस्तै कांग्रेसको समर्थनमा उम्मेदवार बनेका श्याम कुमार पुडासैनी मात्रै विजयी भएका छन् ।
पुडासैनीले सबैभन्दा बढि मत ८१ ल्याएर विजयी भएका हुन ।यस्तै एमालेका उद्धब गजुरेलले ७९, महिला सदस्यमा कमला घिमिरे ८६, दलीत सदस्यतामा उर्मिला सुनार,७७ र विद्यालय अभिभावक संघको अध्यक्षमा भीम प्रसाद पुडासैनीले ७७ मतका साथ विजयी भएका छन् । उनीहरु एमाले निकट हुन् । विद्यालयमा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन भएको थियो ।
यस्तै निर्वाचनमा व्यवस्थापन समितिमा निर्वाचित सदस्यबाट नगरपालिकाले जेष्ठता,योग्यता र क्षमताका आधारमा अध्यक्ष मनोनित गर्ने व्यवस्था रहेको छ । निर्वाचनमा कांग्रेस एमाले र माओवादीले आआफ्नो प्यानलकासाथ उम्मेदवार खडा गरेका थिए । कतिपय अभिभावकले भने विद्यालयमा चरम राजनीति भएको भन्दै विरोध जनाएका छन् ।