Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

केपी ओली कप : उपाधिमा मच्छिन्द्रको ह्याट्रिक

नुवाकोट पुकार १९ फाल्गुन २०८१, सोमबार २०:४०

काठमाडौँ, फागुन १९ गते । केपी ओली कप फुटबल प्रतियोगिताको उपाधिमा मच्छिन्द्र फुटबल क्लबले ह्याट्रिक गरेको छ ।

यसअघि दुई पटक च्याम्पियन बनिसकेको मच्छिन्द्रले दशरथ रङ्गशालामा सोमबार साँझ भएको तेस्रो संस्करणको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलले हराउँदै लगातार तेस्रो पटक उपाधि चुमेको हो । 

मच्छिन्द्रलाई जिताउन स्टेफन जमाह जालीले गोल गर्नुभयो । मच्छिन्द्रले अर्को गोल आर्मीबाट आत्मघाती उपहार पाएको थियो । आर्मीले केही गोल गर्ने अवसर बनाएपनि  सदुपयोग गर्न सकेन । दशरथ रङ्गशालाको प्यारापिटमा भरिपूर्ण दर्शकबिच भएको खेलमा मच्छिन्द्रले आफुलाई अब्बल सावित गर्‍यो ।

उपाधिसँगै मच्छिन्द्रले १५ लाख ११ हजार एक सय ११ रुपियाँ पुरस्कार प्राप्त गरेको छ । यस्तै उपविजेता आर्मीले पाँच लाख रुपियाँ पाएको छ । प्रतियोगिताको उद्घाटनसँगै खेलाडीलाई उत्साह दिन प्रधानमन्त्री केपी शर्मा ओली र इटालीका विश्वप्रख्यात गोलरक्षक जियानलुइजी बुफोन दशरथ रङ्गशाला पुग्नुभएको थियो ।

इटालीलाई सन् २००६ को विश्वकप जिताउन सफल बुफोनलाई प्रतियोगिता आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले पाहुनाको रूपमा नेपाल निम्त्याएको हो । फागुन ११ गतेदेखि सुरु भएको केपी ओली कपमा नौ टिमले प्रतिस्पर्धा गरेका थिए । 

गोरखापत्र अनलाइनबाट

Continue Reading

Previous: कल्याणीदेवी माविमा कांग्रेसबाट उम्मेदवार बनेका पुडासैनी भारी मतकासाथ विजयी,एमालेका चार जनाले जिते
Next: मेलम्चीको पाइप फुट्दन थापाथली क्षेत्र जलमग्न

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार