
विदुर । सरकारले छ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) फेर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले बाँके, रौतहट, सङ्खुवासभा, खोटाङ, ओखलढुङ्गा र नुवाकोटका लागि नयाँ सिडिओ पठाएको हो। गृह मन्त्रालय स्रोतका अनुसार मन्त्रालयको निर्णय अनुसार नुवाकोटको प्रजिअमा शशिधर घिमिरेलाई खटाइएको छ। यसअघि नुवाकोटका सिडिओ रहेका रामकृष्ण अधिकारीलाई गृह मन्त्रालयमा फिर्ता गरिएको छ।

अधिकारी नुवाकोट थानसिंड.का हुन । उनले झण्डै डेड वर्ष नुवाकोटका विताएका छन् । उनको कार्यकाल विवादरहित रुपमा वितेको छ । यस्तै गृहले बाँकेमा धर्मराज जोशी, रौतहटमा विनोदकुमार खड्का, सङ्खुवासभामा दिव्यराज पोखरेल, खोटाङमा नरहरि घिमिरे, ओखलढुङ्गामा विजयराज सुवेदीलाई प्रमुख जिल्ला अधिकारीका रूपमा खटाइएको छ।