
शुकदेव दाहाल
नेपालको संविधान २०७२ विश्वको उत्कृष्ट संविधानभित्र पर्दछ । दोस्रो पटक भएको संविधानसभामा रहेका ९० प्रतिशत जनप्रतिनिधिको समर्थनमा बनेको नेपालको यो संविधान हालसम्मकै उत्कृष्ट संविधान हो ।
नेपालको संविधानले व्यवस्था गरे अनुसार बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषतायुक्त, भौगोलिक विविधतामा रहेका समान आकांक्षा र नेपालको राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, राष्ट्रिय हित तथा समृद्धिप्रति आस्थावान रही एकताको सूत्रमा आबद्ध सबै नेपाली जनता समष्टिमा राष्ट्र हो । संविधानले नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्तासम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य नेपाल भनेको छ । संविधानमा कसैप्रति पनि विभेद छैन ।
नेपाली जनताले नै धेरै लामो संघर्षपछि यो व्यवस्था स्थापना गरेका हुन । यहि व्यवस्थाका लागि माओवादीले १२ वर्षे जनयुद्ध लडेको हो । राजनीतिक दलका नेताहरु जसले आफ्ना सारा जीवनलाई दाउँमा राखेर यो व्यवस्था ल्याउन लागेका हुन । यो व्यवस्थाका लागि सयौं नागरिक शहिद भएका छन् । हजारौ अझै पनि वेपत्ता छन् । सयौं परिवार विहिन छन् । अंगभंग छन् । सामान्य ढंगले आएको व्यवस्था होइन । गणतन्त्रले हरेक नागरिकको अधिकारलाई सुनिश्चित गरेको छ । हिमालदेखि पहाडसम्मका नागरिकले आफ्नो भाषा,धर्म, संस्कृतिलाई निर्वाद रुपमा प्रयोग गर्न पाएका छन् ।
नागरिक स्वतन्त्रता कायम छ । आज त्यहि लोकतन्त्रका कारण नै देशको उच्च तहमा बसेकाहरुलाई खुलेआम गाली गर्न पाएका छौं । आफ्ना कुरा राख्न पाएका छौं । हिजो राजाका बेलामा पंक्तिकारले समाचारलेख्दै गर्दा नेपाली सेनाको गार्ड सँगै तैनाथी हुने अवस्था थियो । तर आज हामी लेख्न र बोल्न स्वतन्त्र छौं । तर किन व्यवस्थाप्रति नागरिकमा यति धेरै वितिष्णा पलाएको छ भन्ने कुरा अब गणतन्त्रवादीहरुले राम्रैसँग बुझ्नु जरुरी भैसकेको छ । एउटा घर परिवारमा बाबुले आफ्ना छोरा छोरीलाई सहि किसिमको संस्कार दिन सकेन भने छोरा छोरी छाडा हुन्छन् । राम्रोसँग शिक्ष दिक्षा दिन सकेन् भने उनीहरु आफैले आफ्नो विकल्प खोज्छन्, आज भएको त्यहि हो ।
गणतन्त्रका मसिया ठानिएका दलहरुको क्रियाकलापले यो अवस्था आएको हो । कांग्रेस एमाले जस्ता दलहरु अनुशासन हिन बन्न थाले, ति दलका नेताहरु भ्रष्ट हुन थाले,राज्य सञ्चालनमा मनलाग्दी गर्न थाले, ठुलालाई शान, सानालाई ऐन जस्तो भयो , नयाँ शक्तिका रुपमा आएको माओवादीको अवस्था झन विग्रियो, नेताका छोरादेखि कार्यकर्तासम्म पैसा कमाउने धन्दामा जे पनि गर्न थाले, आफूलाई सर्वैसर्वा ठान्न थाले जसले उनीहरुको विश्वास पनि नागरिकमा रहेन् ।
अर्कोतर्फ राजनीतिक अस्थिरातका कारण कर्मचारीहरु जसरी नि कमाउने धन्दामा लिप्त हुन थाले, गैरसरकारी संस्थामा नाममा देशको सूचना बेचेर डकलकमाउनेहरु सक्रिय बने, एउटै नेता पाँच पटकसम्म प्रधानमन्त्री बन्ने पर्ने, एउटा नेता बीस पटकसम्म मन्त्री हुनै पर्ने, अर्कोलाई दिन नहुने अवस्था विकसित बन्दै गयो ।
नेताहरु केवल सत्ताका लागि मात्रै केन्द्रीत बन्न थाले । तर जनता बेरोजगारी बन्ने र कामको लागि विदेश भौतारिनु पर्ने अवस्था आयो । गाउँघरका खेतबारी बाँझो बन्न थाले,यस्ता धेरै कारणले जनता निरास छन् । देश बनाउन आएका दलहरुप्रति विश्वास नभएको भन्दा पनि उनीहरुको गलत चरित्रका कारण जनताले संग्रालयमा रहेको राजसंस्थाको अवशेष खोज्न थालेका छन् ।
देश बनाउने र जनतालाई साथ लिने भनेको राजाले होइन दलहरुले नै हो । राजाबाट अब त्यो सम्भव छैन र हुँदैन पनि । त्यसैले तद नै सुर्धनु जरुरी छ । तर यहि अवस्था दलहरुभित्र कायम रहने हो भने १२ वर्षमा खोला पनि फर्कन्छ भन्ने उखान सत्य सावितहुनसक्छ । तसर्थ दलका नेताहरुले अब गम्भीर समिक्षा गरुन् । राजावादीहरुको यो सक्रियताले पाठ सिकन्न् अनि आफूलाई फर्केर हेरुन् । देशको अवस्था छलड्.ग हुनेछ