Skip to content
नुवाकोट पुकार

नुवाकोट पुकार

Primary Menu
  • मुख्यपृष्ठ
  • समाचार
  • विजनेस
  • खेलकुद
  • मनोरञ्जन
  • सूचना-प्रविधि
  • विचार
  • प्रवास
  • अन्तर्वार्ता
  • सम्पर्क

होली पर्व सभ्य रुपमा मनाऔँ (सम्पादकीय)

नुवाकोट पुकार २८ फाल्गुन २०८१, बुधबार ०९:४०

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व भोलि बिहीबार हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । रंगहरुको पर्वका रुपमा लिइने होली हाम्रा धेरै पर्वहरु मध्येको एक महत्वपूर्ण पर्व पनि हो । धार्मिक रुपमा निकै महत्वकासाथ हेरिने होली पहाड र हिमाली जिल्लामा मनाइएको भोलिपल्ट मात्रै तराईका जिल्लामा मनाउने गरिन्छ । तराईमा यसको झन ठुलो महत्व रहेको छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

धार्मिक विश्वास वा मान्यता अनुसार त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ। त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिको प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।

यसैगरी, द्वापरयुगमा श्रीकृष्ण भगवान्लाई मार्न कंशद्वारा पठाइएकी राक्षसनी पुतनाले आफ्नो विष दलिएको स्तन चुसाउन लाग्दा असफल भई मारिइन् । उनलाई व्रजवासीले जलाई फागु महोत्सव मनाउने परम्परा चलेको पनि धर्मग्रन्थमा उल्लेख गरिएको छ । अर्कोतर्फ यसको आयुर्वेदिक महत्व पनि रहेको मान्निछ । राम्रो तरिकाले तयार पारिएका रङ र अबिरले छालाको रोग निवारण गर्ने भएकाले यस्ता रङको प्रयोग गरी फागु खेल्नाले शीतकालमा शरीरमा उत्पन्न कफको विनाश हुन्छ । बालिएको चीरको धुवाँबाट शीतकालका अनेकौँ रोगका कीटाणु निर्मूल हुने हुनाले यो पर्वको आयुर्वेदिक महत्व पनि छ ।


तर पछिल्ला वर्षहरुमा होलीलाई रमाइलोसँगै विकृतिका रंगहरु समेत उत्पन्न हुन थालेका छन् । होली खेल्ने बहानामा गाँजा, भाङ, जाँड–रक्सी जस्ता नशालु पदार्थको सेवन गरी गुण्डागर्दी गर्ने, शरीरमा प्रतिकूल असर गर्ने खालका रासायनिक पदार्थ प्रयोग गर्ने तथा सवारीसाधनमा लोला हिर्काउने,आफ्नो बाटो हिडेकााहरुलाई अनावश्यक रुपमा लोला हानेर दुःख दिने जस्ता कार्यहरु हुँदै आएका छन् । यस्ता कार्य रोक्न प्रशासनले आआफनो ठाउँबाट सचेतना अपनाउँदै आएको छ । यतिले पनि विशेष गरि युवा जमात तथा केटाकेटीहरुमा सचेतना आएको छैन ।

कतिपय अवस्थामा त केटाकेटीहरुले घरको छतबाट लोला हान्दा आफै खसेर मृत्यु भएको खबर पनि सुनिदै आएको छ । यस्ता गलत कामले आफूलाई नै क्षति पुर्याउने हुनाले हामीले आफूलाई फाइदा हुने ढंगले मात्रै होलीलाई सभ्य रुपमा मनाउन जरुरी छ । जति असभ्य भयो त्यति नै यस्ता पर्वहरुको मौलिकता हराउने र पश्चिमाशैलीतर्फ हाम्रा पर्वहरु धकेलिदै जाने हुनाले हामीले आफ्नो परम्परा, संस्कृतिलाई जोगाउन सभ्य तरिकाले होली खेलौं । जति

हाम्रा पर्वहरु धार्मिक तथा सामाजिक बन्नेछन् त्यतिनै यसको महत्वलाई चिरकालसम्म कायम राख्न सकिन्छ । सभ्य बनौं सभ्य रुपमा होली खेलौं । फागु पूर्णिमाको अवसरमा सबैमा हार्दिक शुभकामना ।

Continue Reading

Previous: गणतन्त्रवादीहरुले पनि आफूलाई फर्केर हेर्ने कि ?
Next: स्ववियु निर्वाचनको महत्व र यसले दिने सन्देश

सम्बन्धित समाचार

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४

छुटाउनु भयो कि ?

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

सरकार र चिकित्सक संघबीच सहमति, संघद्धारा आन्दोलनका कार्यक्रम फिर्ता

२४ असार २०८२, मंगलवार २१:३५
रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

रसुवा बाढी ः बेपत्ता भएका असईको शव त्रिशूली नदीमा भेटियो

२४ असार २०८२, मंगलवार २०:५४
प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

प्रधानमन्त्रीको टोलीद्धारा रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा अबलोकन (तस्बिरसहित)

२४ असार २०८२, मंगलवार २०:४४
प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

प्रधानमन्त्री ओली रसुवाको बाढी प्रभावित क्षेत्रमा

२४ असार २०८२, मंगलवार १९:०४

नुवाकोट पुकार

यो वेबसाइट नुवाकोट पुकार साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो ।

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा विभिन्न समाचार र विश्लेषणलाई समेट्छ।

समृद्ध मिडिया नेटवर्क प्रा.लि

कार्यालय: नुवाकोट,२ विदुरचोक

अध्यक्ष तथा प्रबन्ध निर्देशक : शुकदेव दाहाल

सम्पादक : दुर्गा चालिसे

अन्तर्राष्ट्रिय समाचार संयाेजक : पुरुषाेत्तम दाहाल

सम्वादाता : विनिता डंगोल

+९७७-९८४१९६७३४८

+९७७-९८५१२०१२६८,5169223

Email:

[email protected]/[email protected]

सुचना तथा प्रशारण बिभाग दर्ता नम्बर : ४१७६-२०८०/२०८१
कम्पनि दर्ता नम्बर : ३१८३७०-०८०/०८१ मुख्य कार्यालय तारकेश्वर,४ काठमाडौं

  • हाम्रो टीम
  • प्रयोगका सर्त
  • विज्ञापन
  • प्राइभेसी पोलिसी
  • सम्पर्क
सर्वाधिकार © नुवाकोट पुकार